बेल एक महिना मैदान बाहिर हुने

0

रियाल मड्रिडबाट लोनमा पूर्व क्लव टोटनह्याममा आएका वेल्सका स्ट्राइकर ग्यारेथ बेलले क्लवसँगको सम्झौता केहि समयमा गर्नेछन । तर उनले मैदानमा उत्रनका लागि भने एक महिना कुर्नुपर्ने भएको छ ।

शुक्रबार मड्रिडबाट लण्डन आएका बेल र टोटनह्यामविच मौखिक कुराकानी भएको छ । जसमा बेलले पेपरमा सम्झौता केहि घण्टामा गर्ने बताइएको छ । तर उनले फेरी टोटनह्यामबाट डेब्यु गर्नका लागि भने एक महिना कुर्नुपर्ने बताइएको छ ।

उनी लण्डन आउँदा नै चोटग्रस्त रहेका थिए । वेल्सबाट नेशन्स लिग खेल्दा उनले चोट बोकेको बताइएको छ । जसका कारण उनी रियालमा हुँदापनि जिम मात्र गरिरहेका थिए ।

टोटनह्यामको मेडिकल टिमले बताएअनुसार उनी कम्तिमा चार साता मैदान बाहिर बसेर आराम गर्नुपर्ने बताएका छन ।

एक बर्षका लागि रियालबाट लोनमा आएका बेलले बर्षको १३ मिलियन पाउण्ड भन्दा बढि तलव पाउनेछन । रियालमा हुँदा प्रशिक्षक जिनेदिन जिदानसँगको मनमुटावका कारण उनी अधिकांस समय बेन्चमा बसेका थिए ।तर टोटनह्याम आउने निश्चित भएपछि उनी निकै खुसी भएको बताइएको छ ।

Post Add 1025X115
Loading...