अगुइराे अझै २ महिना मैदान बाहिर हुने

0

चोटका कारण पछिल्लो पटक मैदान बाहिर रहेका म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरो अझै खेलमा फर्कन दुई महिना लाग्ने भएको छ ।

अघिल्लो सिजनको अन्तिममा चोटको कारण घुँडाको सल्यक्रिया गरेका अगुइरो हाल फिजियोथेरापी गरिरहेका छन । गत जुनमा बर्नलीविरुद्धको खेलमा उनले चोट बोकेका थिए ।

जसका कारण उनले बार्सिलोनामा सल्यक्रिया गरेका थिए । त्यसपछि उनी आठ साता मैदान बाहिर रहने बताइएपनि उनको पर्खाई फेरी लम्बिएको छ ।

उनी अझै पुर्ण रुपमा फिट हुनका लागि अर्को आठ साता लाग्ने बताइएको छ । जसका कारण उनले नयाँ सिजनका केहि चरणका खेलहरु गुमाउने भएका छन ।

उनले गत सिजनमा मात्र १२ खेल खेल्न पाएका थिए । जसमा पाँच गोल गरेका थिए ।

Post Add 1025X115
Loading...