महिला र पुरुष खेलाडीकाे सुविधा समान गर्ने बाटाेमा एन्फा

स्राेत जुटाउनु पर्ने अवस्था

0

विश्वमा पछिल्लो पटक महिला र पुरुष खेलाडीको तलव देखि सेवा सुविधा एकनास बनाउने अभियान नै सुरु भएको छ । ब्राजिल, इंग्ल्याण्ड, न्यूजिल्याण्ड, अष्ट्रिया जस्ता देशले पुरुष र महिला खेलाडीको तलव र पुरस्कार एकनास गर्ने निर्णय नै गरिरहेका छन । यस्तैमा नेपालको फुटबल निकाय अखिल नेपाल फुटबल संघ एन्फाले पनि महिला र पुरुष खेलाडीको तलवमा समानता ल्याउने तयारी गरेको छ । एन्फाले आसन्न बैठकबाट पुरुष र महिला खेलाडीको तलव एक समान गर्ने भएको हो ।

एन्फामा रहेको महिला कमिटले महिला र पुरुषको तलवमा एकरुपता ल्याउनका लागि गरेको प्रस्तावमा कुन मोडलमा अगाडी बढ्ने भन्नेमा छलफल भइरहेको छ ।

एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार पछिल्लो पटकमा नै विश्वमा चलेको यो अभियानमा एन्फाले पनि प्रक्रिया अगाडी बढाएको बताए । तर कसरी तलव बढाएर उनीहरुको एकसमान गर्न सकिन्छ भन्नेमा टुंगो लाग्न बाँकी रहेको बताए ।

उनले महिला र पुरुषको तलव एकसरह गर्ने तर कति प्रतिशत बढाउने भन्ने टुंगो लाग्न नसकेको बताए । हात पुरुष खेलाडीले १५ हजार तलव पाउँदै आएका छन भने महिला खेलाडीले सात हजार पाउँदै आएका छन । तर अब पुरुष खेलाडीको २० हजार पुर्याएमा महिला खेलाडीको तीन सय प्रतिशत तलव बढाउनुपर्ने हुन्छ, यदि त्यसो गर्न उचित हुन्छ की हुँदैन भन्ने मात्र प्रश्न रहेको बताए ।

यदि समान गर्ने हो भने पुरुष खेलाडीको तलव कम बढाएर महिला खेलाडीको बढि बढाउनुपर्ने हुन्छ । त्यसैले महिला खेलाडीको धेरै बढाएर पुरुषको बराबर गर्ने की भन्ने योजना रहेको बताए ।

उनले अहिलेको योजना अनुसार महिला र पुरुषको १८ देखि २० हजार रुपैयाँ तलव बनाउन एन्फालाई समस्या नभएको बताए । यस्तै रेफ्रिको तलव पनि बढाउनुपर्ने रहेको उनले बताए । हाल कर काटेर रेफ्रिले सात हजार मात्र पाएँदै आएकोमा उनीहरुलाई १२ हजार बनाउने की भनेर चर्चा भइरहेको छ । एएफसीको सहयोगमा एन्फाले रेफ्रिको तलव दिन सुरु गरेको थियो ।

यसका साथै कर्मचारीको तलव पनि बढाउनुपर्ने अवस्था छ, बढि तलव हुनेको कम र कम तलव हुनेको बढि प्रतिशतले बढाउनुपर्ने अवस्था भएकाले त्यसमा पनि कुरा भइरहेको बताए । हाल एन्फाले बैंकको ब्याजबाट खेलाडीलाई तलव खुलाइरहेको छ । सबैको तलव एकै पटक बढाउँदा भविष्यमा त्यसका लागि स्रोतपनि खोज्नुपर्ने उनको भनाई छ ।

अहिले तलव बढाएर फेरी पछि समयमा दिन नसकेमा अर्को बेइज्जत हुने तुलाधरको भनाई छ ।

Post Add 1025X115
Loading...