बायर्नको जितमा गनाब्रीको ह्याट्रिक

0

जर्मन बुन्डेस लिगा फुटबलमा बार्यन म्युनिखले उत्कृष्ट सुरुआत गरेको छ । गयराति भएको खेलमा बार्यनले साल्केलाई ८–० गोल अन्तरले पराजित गरेको हो । बार्यनको जीतमा सेर्जी गनाब्रीले ह्याट्रिक गर्दा, रोवर्ट लेवान्डोस्की, लोरी साने, जामल मुसिला, लियोन गोर्र्टेज्का र थोमस मुलरले एक एक गोल गरेका थिए ।

चौथो मिनेटमा सेर्जी गनाब्रीले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । १९ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गरेपछि बार्यनले अग्रता दोब्बर बनायो । लगातार साल्केमाथि दबावमा राखेको बार्यनले ३१ औं मिनेटमा तेस्रो गोल गर्न सफल भयो । उक्त गोल पेनाल्टीमा रोवर्ट लेवान्डोस्कील्े गरेका थिए । पहिलो हाफमा तीन सून्यको अग्रता बनाएको बार्यनले दोस्रो हाफमा ५ गोल थपेको थियो ।

४७ औं मिनेटमा गनाब्रीले टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरेका थिए । ५९ औं मिनेटमा गनाब्रीले ह्याट्रिक पुरा गरे । उनको ह्याट्रिकसँग बायर्न ५–० ले अघि बढेको थियो । ६९ औं मिनटेमा थोमस मुलरले गोल थपको थिए भने ७१ औं मिनेटमा लोरी सानेले गोल गरेपछि बार्यन ८–० ले अघि बढेको थियो । सानोको बार्यनबाट डेव्यु गोल पनि हो ।

Post Add 1025X115
Loading...