प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको खेल आज राति

0

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज चारवटा खेल हुँदै छ ।

नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे एभर्टन र वेस्टव्रोम भिड्ने छन् । पहिलो खेलमा जित हात पारेका एभर्टन लगातार दोस्रो जीतको खोजिमा हुने छ भने वेस्टव्रोम पहिलो जीतको खोजिमा छ ।

यस्तै पौने ८ बजे लिड्स र फुलह्याम आमने सामने हुने छन् । दुवै टिमले पहिलो जीतको खोजिमा हुने छन् । दुवै टिमले पहिलो खेलमा पराजय भोगेका थिए । प्रतियोगिता अन्तर्गत प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले पहिले खेल खेल्दै छ ।

युनाईटेडले पहिलो खेलमा आज क्रिष्टल प्यालेससँग खेल्ने छ । च्याम्पियन्स लिग खेलेकाले युनाइटेडलाई पहिलो चरणको खेलमा रेस्ट दिइएको थियो । यो खेल राति सवा १० बजे शुरुहुने छ । यस्तै राति पौने १ बजे आर्सनल र वेस्टह्यामबीच प्रतिस्पर्धा हुने छ ।

आर्सनल पहिलो खेलमा विजयी भएको थियो भने वेस्टह्याम पराजित भएको थियो ।

Post Add 1025X115
Loading...