बार्सिलाेनाबाट प्रशिक्षकका रुपमा प्रस्ताव आएकाे छैन-पाेचेटिनाे

0

टोटनह्यामका पूर्व प्रशिक्षक माउरिसीयो पोचेटिनोले आफुलाई बार्सिलोनाबाट प्रशिक्षकका लागि प्रस्ताव नआएको खुलासा गरेका छन ।

Advertisement

च्याम्पियन्स लिगमा बार्यनसँग ८ दुईको हार ब्यहोरेपछि बार्सिलोनाले त्यो बेलाका प्रशिक्षक सेटिनलाई हटाएको थियो । त्यसपछि पोचेटिनोलाई बार्सिलोनाले प्रस्ताव गरेको चर्चा गरिएपनि त्यसले उनले खण्डन गरेका छन ।

टोटनह्यामको प्रशिक्षकबाट हटाइएपछि अझै लण्डनमा बसिरहेका मोउरिसीयो उचित क्लवको पर्खाइमा रहेका छन । उनले एक अन्तरवार्तामा बार्सिालोनामा प्रशिक्षकका लागि प्रस्ताव नआएको बताए । साथै उनले हालका प्रशिक्षक जोसेपसँग काम गर्न नसक्ने पनि बताए ।

उनले आफुले बार्सिलोनाका डाइरेक्टर सामोन प्लानेससँग डिनर गरेको भने बताए । उनी आफ्नो राम्रो साथी रहेकाले डिनरका लागि गएको बताए । उनलाई सन् २००९ देखि चिन्ने गरेकाले साथीको नाताले सँगै बसेर खाएको बताए ।

उनी स्पानोयलको प्रशिक्षक हुँदा बार्सिलोनामा कहिलेपनि प्रशिक्षकका रुपमा नजाने बताएका थिए । तर सेटिन बर्खास्त भएपछि उनले चाहना भने राखेका थिए ।

 

Post Add 1025X115
Loading...