ह्याम्बर्गका डिफेन्डर ५ खेलकाे प्रतिबन्धमा

0

ह्याम्बर्गका डिफेन्डर टोनी लेइस्टनेर पाँच खेलको प्रतिबन्धमा परेका छन । उनले दर्शकलाई नराम्रो ब्यवहार गरेको भन्दै प्रतिबन्ध लगाएको हो ।

Advertisement

उनले पूर्व क्लव डायनामो ड्रस्डेनविरुद्धको खेलमा चार एकको हार ब्यहोर्दा दर्शकलाई मुख छाडेको बताइएको छ । उनको प्रतिबन्धमा दुई खेल पुरै बर्ष खेल्न नपाउने बताइएको छ । यसका साथै उनलाई ८ हजार यूरो जरिवाना पनि लगाइएको छ ।

जर्मन फुटबल संघले ३० बर्षे टोनीले बारम्बार विपक्षी टिमको दर्शकलाई इन्सल्ट गरेका थिए । त्यसपछि उनी आफै दर्शक भएको ठाँउमा गएर आक्रमण गरेका थिए ।

उनले कोरोना भाइरसका नियम तोडेर दर्शकको भिडमा गएको आरोप लगाएको छ । सो खेल हेर्नका लागि १० हजार दर्शकको उपस्थिती रहेको थियो । कोरोना भाइरसको लकडाउनपछि खेलमा सर्वाधिक दर्शकको उपस्थिती सोहि खेलमा भएको थियो ।

 

Post Add 1025X115
Loading...