लिभरपुलमा धेरै भन्दा धेरै उपाधि जित्न आएकाे हाे-थिएगाे

३० मिलियन यूराेमा लिभरपुलले औपचारिक रुपमा सम्झाैता गर्याे

0

बार्यन म्युनिखका मिडफिल्डर थिएगो अलकान्त्रालाई इंग्लिस क्लव लिभरपुलले औपचारिक रुपमा अनुबन्ध गरेको छ ।

३० मिलियन युरोमा थिएगोलाई लिभपुलले चार बर्षका लागि अनुबन्ध गरेको हो । २९ बर्षे थिएगोले साताको दुई लाख २० हजार युरो तलव पाउनेछन ।

यसका साथै उनले खेलका बेला ६ नम्वरको जर्सी लगाउने भएका छन । उनी लिभरपुलबाट तलव खाने सर्वाधिक महंगो खेलाडीको सूचीमा परेका छन ।

सन् २०१३ मा बार्सिलोनाबाट बार्यनमा गएका थिएगोले २३५ खेलमा ३१ गोल गरेका थिए भने ३७ एसिस्ट गरेका थिए । उनले सात पटक बुन्डेसलिगको उपाधि जितेका थिए भने चार जर्मन कप, तीन सुपर कप र एकपटक फिफा विश्वपका र च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

लिभरपुलमा अनुबन्ध भएपछि उनले जति धेरै बर्ष खेलिन्छ, त्यति धेरै उपाधि जित्ने चाहना हुने र त्यसका लागि योजना बनाउनुपर्ने समय आएको बताए ।

लिभरपुलमा धेरै भन्दा धेरै उपाधि जित्न आएको र म कोहो भन्ने प्रमाणित गर्न आएको बताए ।

Post Add 1025X115
Loading...