हामेस एभर्टन जाँदा आफुले रकम नपाएकाे भन्दै अर्जेन्टिनी क्लव रूष्ट

0

यसै सिजन रियाल मड्रिडबाट एभर्टनमा अनुबन्ध भएका हामेस रोद्रिगेजको स्थानान्तरण शुल्कमा आफ्नो रकम नराखेको भन्दै उनको पुरानो क्लव बानफिल्डले आपत्ती जनाएको छ ।

एभर्टनले रियाललाई अतिरीक्त रकम तिरकोमात्र खुलाएपनि एकिन रकम भने खोलेको छैन ।

फिफाको नियम अनुसार बानफिल्डले रियालबाट एभर्टन जाँदा केहि प्रतिशत रकम आफुले पाउनुपर्ने बताएको छ ।

सन् २००८ देखि २०१० सम्म बानफिल्डबाट खेलेका हामेस एभर्टन जाँदा आफुहरुले कुनैपनि रकम नपाएको भन्दै आपत्ति जनाएको हो ।

रियालसँग सम्झौता बाँकी हुँदा हुँदै पनि उनको फी मा आफुले पाउने प्रतिशत नरोको बताएको हो । जसका लागि उसले दुबै क्लवसँग कुरा गरेको बताएको छ ।

Post Add 1025X115
Loading...