नेपालमा फुटबल कहिले सुरु गर्ने, ए डिभिजन लिग नै नहुने ठूलाे सम्भावना ?

मैत्रीपुर्ण खेलकाे प्रस्ताव, एन्फाकाे चाहना र सरकारकाे अन्याेलता

0

काेराेना भाइरसका कारण पछिल्लाे ६ महिना देखि बन्द भएकाे नेपाली फुटबल सुरू कहिले हुन्छ थाहा छैन । अघिल्लाे सिजन नै बिचमा नै राेकिरहेकाे अवस्थामा नयाँ सिजन सुरू गर्न एन्फाका सामु ठूलाे चुनाैती छ । यस्तैमा याे बर्ष सहिद स्मारक ए डिभिजन लिग नहुने छाँटकाँट देखिएकाे छ ।

एन्फाले खेलाडीलाइ प्रशिक्षणका लागि अनुमति माग्दा ढिलाइ भइरहेकाे र क्लवकाे खेलाडी दर्ताकाे समयपनि भदौसम्मको दिइएको थियो । तर त्यो पनि हुन सकेको छैन । नयाँ सिजनका लागि क्लवले खेलाडी अनुबन्ध गर्ने समय पनि सकिएको छ । त्यसमा पनि विदेशी खेलाडीलाई अनुबन्ध गर्न नयाँ विन्डो खोल्नुपर्ने देखिएको छ ।
यी धेरै परिस्थितीका कारण यो बर्षको ए डिभिजन लिग नहुने लगभग पक्का जस्तै छ । तर एन्फाले अघिल्लो सिजनमा बाँकी रहेका अरु लिगलाई पुरा गर्ने योजना बनाएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमले अन्तिम पटक अन्तर्राष्ट्रिय फुटबल खेलको करिव १० महिना भयो । गत नोभम्बरमा कुवेतविरुद्धको खेल खेलेपछि सिनियर टिमले कुनै पनि खेल खेल्न पाएका छैन । फिफा विश्वकप छनोट अन्तर्गतको सो खेलपछि यू २३ टिमले दक्षिण एशियाली खेलकुद खेल्यो, तर त्यसलाई फिफाको मान्यता हुँदैन ।

यतिमात्र होइन, पछिल्लो ११ महिनादेखि नेपालको फिफा बरियतापनि एउटै रहेको छ । गत अक्टोबरमा एक सय ७० औं स्थानमा उक्लिएको नेपाल त्यसयता त्यहिको त्यहि अड्कीएको छ । हुन त, पछिल्लो ६ महिना कोरोनाले कुनै खेल हुने मौका मिलेन ।

तर अब नेपाली फुटबललाई तीन देशले मैत्रीपुर्ण खेलका लागि प्रस्ताव गरेका छन । बंगलादेश कम्बोडिया, डामेनिकन आइल्याण्डले होम एण्ड अवेमा खेलका लागि प्रस्ताव गर्दा एन्फाले एक खेल विदेशमा खेलेपनि एक खेल नेपालमा नै खेल्नका लागि प्रस्तावको जवाफ पठाएको छ ।

तर मैत्रीपुर्ण खेलका लागि आएका प्रस्तावमा स्विकृती जनाउँदा घरेलु मैदानमा नेपालले खेलाउन पाउने हो की होइन भन्ने एकिन छैन । यतिमात्र होइन, अखिल नेपाल फुटबल संघले खेलाडीलाई प्रशिक्षणमा फर्काउनका लागि गरेको प्रस्तावमा कुनै निर्णय सरकारले गर्न सकेको छैन ।
लामो समय फुटबल नहुँदा एकाग्रमा बसिरहेको आभाष गरिरहेका खेलाडीले पनि अब आएको प्रस्तावलाई स्वास्थ्य सुरक्षा अपनाएर गर्न ढिलाई गर्न नहुने बताउछन ।

देशमा ९८ प्रतिशत कुराहरु खुलिसकेको अवस्थामा खेलकुदलाई पनि अब स्वास्थ्य सावधानी राखेर सुचारु गर्नुपर्ने राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले बताए । उनले अब आएका अवसरलाई स्विकार गरेर कसरी हुन्छ खेलाडीलाई प्रशिक्षण र खेलमा लगाउनुपर्ने बताए ।
फिफा विश्वकप छनोट कहिले हुन्छ, एकिन छैन, यस्तैमा त्यो समयसम्ममा धेरै भन्दा धेरै फुटबल खेल खेलेर तयारीलाई जोड दिन आवश्यक रहेको किरणले बताए ।

यता एन्फाका महासचिव इन्द्रमान तुलाधरले तीन देशबाट आएको प्रस्तावमा हामीहरुले आफुले पनि होम खेल खेल्नका लागि प्रस्ताव गरेको र उनीहरु त्यसमा आउन तयार रहेको खबर आएको छ । हामीले विश्व स्वास्थ्य संगठन, फिफाको स्वास्थ्य सुरक्षालाई अपनाएर खेल गर्न सक्ने क्षमता छ । त्यसका लागि हामी तयारी अवस्थामा छौ । तर सरकारले यसलाई आलटाल गर्दा अझै अन्योल नै रहेको बताए ।

उनले फिफाले आफ्नो क्यालेन्डरमा राखे अनुसार अक्टोबर नोभम्बरमा मैत्रीपुर्ण खेलका लागि राम्रो समय रहेको र यदि यो समयमा मैत्रीपुर्ण खेल खेल्न नपाएको खण्डमा हाम्रो बरियतामा ठुलो असर पर्ने भएकाले पनि पहल गरेका हौ ।

नेपालले विदेशी टिमलाई ल्याएर रंगशालामा खेलाउने, स्वास्थ्य सावधानी लगायतका सबै कुराहरुको पालना गर्न सक्ने क्षमता रहेको र त्यो बेला प्रयोग गरिने सबै सामाग्रिहरु पनि हामीहरुसँग रहेको, तर सरकारको निर्णयले रोकिरहेको बताए । फिफाको बरियतालाई पनि ध्यानमा राखेर यो मैत्रीपुर्ण खेललाई गर्न आवश्यक रहेको उनको भनाई छ ।

हुनपनि पहिलो पटक बरियताका आधारमा नै विश्वकप छनोटको दोस्रो चरणमा पुगेको नेपालले अबपनि कोरोना नै भनेर चुप लागेर बसेमा हाल एक सय ७० औं स्थानमा हुँदा त्यो घटेर तल जाने निश्चित छ ।

अरु देशमा विभिन्न फुटबल संघले सावधानीका साथ खेलाडीलाई प्रशिक्षणमा उतारिसकेका छ । पछिल्लो पटक सबै भन्दा प्रभावित देश भारतमा पनि दोस्रो डिभिजनको लिग सुरु हुने पक्का भइसकेको छ । नेपाली खेलाडी त्यो लिग खेल्न जान सक्ने, तर नेपालले आफ्नो घरेलु मैदानमा खेल्न नपाउनु ठुलो अन्याय हुनेछ ।

राष्ट्रिय टिमलाई ध्यानमा राखेर दर्शकविना नै खेल खेलाउँदा त्यसको प्रत्यक्ष फाइदा खेलाडीले नै लिन्छन । ६ महिनसम्म मैदानमा प्रशिक्षण गर्न नपाउँनु कुनैपनि खेलाडीका लागि जेलको बसाई जस्तै हो । त्यसैले अब एन्फाले राम्रोसँग पहल गरेर सरकारले कसरी सुरक्षित तरिकाले खेल खेलाउन सकिन्छ, त्यसमा ध्यान दिन निकै अपरिहार्यछ ।

Post Add 1025X115
Loading...