बेल टाेटनह्यामका मालिक डेनीयलकाे बिमानमा टाेटनह्याम पुगे

0

टोटनह्यामसँग लोनको सम्झौताका लागि रियालका स्ट्राइकर ग्यारेथ बेल लण्डन पुगेका छन । उनी मड्रिडबाट निजी जेटमा लण्डनको लुटोन विमानस्थनलमा पुगेका थिए । त्यसपछि उनी टाेटनह्यामकाे प्रशिक्षण स्थलमा गएका छन ।

मड्रिडबाट आउँदा उनी डेनीयल लेभीको निजी विमानमा आएका थिए । उनले एक सिजनका लागि लोनमा टोटनह्याम फर्किने संघारमा रहेका छन ।

बेलसँगै सर्जियो रिगुइलोनपनि लण्डन आएका छन । दुबै जनाको आजै सम्झौता हुने बताइएको छ । बेल र सर्जियोका पर्खाईमा क्लवका मालिक डेनीयल केहि घण्टा अगाडी नै प्रशिक्षण स्थलमा पुगेका थिए ।

बेलले एक बर्षको १३ मिलियन पाउण्डमा लोनमा टोटनह्याम आउने भएका छन ।

Post Add 1025X115
Loading...