ललितको उपचारमा ‘द नेक्स्ट’ क्रिकेट क्लब सिड्नीबाट आर्थिक सहयोग

0

दुर्घटनामा परि घाइते भएका क्रिकेटर ललित भण्डारीको उपचारका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ । ललितको उपचारका लागि देश तथा विदेशमा रहेकाहरुले सक्दो सहयोग गरिरहेका छन् ।

उनीहरुले क्रिकेट खेलाडी एशोसिएशन सिप्यानको खातामा पठाउने गरेका छन् । सिप्यानले सेन्चुरी विकास वैंक पुतलिसडकमा खाता नै खोलेर सहयोग रकम उठाइरहेको छ ।

अस्ट्रेलियाको सिड्नीमा रहेका नेपाली युवाहरुले १७ हजार रुपैयाँ सिप्यानमा पठाएका छन् ।

त्यहाँ रहेका नेपाली युवाहरुले पकेट मनिबाट ललितको उपचारका लागि सहयोग रकम संकलन गरि नेपालका पूर्व कप्तान एल.बी क्षेत्रीलाई पठाएका थिए ।

क्षेत्रीले उक्त रकम सिप्यानको खातामा जम्मा गरेको जानकारी दिए ।

नेपालीहरु मिलेर सिड्नीमा ‘द नेक्सट राईजिङ क्रिकेट क्लब’ नै गठन गरिएका छन् ।

सानो सहयोगले नेपाली खेलाडीको उपचारमा सहयोग पुग्ने भएकाले यसरी सहयोग गरिएको उनीहरुको भनाई छ ।

क्लबका कप्तान उत्सव ओझासहित पुरुषोत्तम उप्रेती, सविन गिरी, अविनेश कँडेल, नितिन विसी, विकास खरेल, अंकित श्रेष्ठ, सुमित अर्याल, प्रतिक क्षेत्री, दीपेश कार्की, सिमान्त अधिकारी, सरोज सिंह केसी, सौरव गुप्ता र सन्दीप पौडेल मिलेर उक्त रकम जम्मा गरेका थिए ।

ग्राण्डी अस्पतालमा उपचाररत ललितका लागि कम्तिमा २०–२० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

आइतबार राति कञ्चनपुरकाे झलारीमा उनी सवार माेटरसाइकललाई ट्रकले ठक्कर दिएपछि दायाँ हात र खुट्टा भाँच्चिएकाे छ । विहीबार शल्यक्रिया गरिएकाे छ ।

Post Add 1025X115
Loading...