करियरमा पहिलाे र अन्तिम पटक ‘बलुन डी याेर’ उपाधि नजिक पुगेर टाढिएका एक फुटबलर

0

सन् २०१० नेदरल्याण्ड्का स्ट्राइकर वेस्ले स्नाइडरका लागि उत्कृष्ट बर्ष थियो । इन्टर मिलानबाट उनले तीन वटा उपाधि जितेका थिए भने नेदरल्याण्ड्सलाई त्यो बर्ष दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा पुर्याउन निकै महत्वपुर्ण योगदान दिएका थिए ।

तर त्यो बर्ष बलुन डी योरमा उनको बरियता हेर्ने हो भने चौथो स्थानमा थिए । जुन विवादास्पद बनेको थियो ।

आखिर के भएको थियो, २०१० को बलुन डी योरको अवार्डका स्नेईज्डरसँग त्यस्तो घटना ।

२०१० मा स्नेइज्डरको प्रदर्शनका कारण उनले बर्षको उत्कृष्ट अवार्डको उपाधि जित्नेमा उनीमात्र होइन, उनका साथीहरुका साथै अरु धेरैले विश्वास गरेका थिए ।

त्यो बर्ष स्नेइज्डरको करियरकै उत्कृष्ट बर्ष थियो । क्लवबाट मात्र होइन, राष्ट्रिय टिमबाट पनि उनले निकै राम्रो खेलेका थिए । रियाल मड्रिडबाट त्यो बेला इन्टरका प्रशिक्षक रहेका मोउरिन्होको टिममा अनुबन्ध हुँदा पहिलो सिजनबाट नै उत्कृष्ट खेलेका थिए ।

इन्टर मिलानमा हुँदा डिएगो मिलिटोसँगको कम्बिनेसन उनलाई निकै फापेको थियो । त्यसमा थप सामुयल इटो झन ठुलो हतियार थिए । जसका कारण २०१० मा इन्टर मिलानले घरेलु लिगमा सबै प्रतियोगिताको उपाधि उचाल्यो । सिरी ए, कोपा इटालियासँग युरोपियन क्लवको सर्वाधिक ठुलो प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

इन्टरको त्यो सफलतामा अरु स्टार खेलाडी पनि थिए, तर स्नेइज्डरको प्रदर्शन निकै उच्च स्तरको थियो । त्यहि बर्ष विश्वकपको आयोजना हुने बर्ष थियो । बलुन डी योर जित्ने खेलाडीको विश्वकपको प्रदर्शनले पनि काउन्ट गरिन गथ्र्यो । यसअघि पनि विश्वकपमा राम्रो गरेको खेलाडीले बलुन डी योर जितेका थिए । जस्तै कानेभारो २००६ मा, रोनाल्डो २००२ र जिदानले १९९८ मा विश्वकपमा गरेको प्रदर्शनका आधारमा बलुन डी योरको उपाधि जितेका थिए ।

त्यसैले पनि स्नेइज्डरले विश्वकप र क्लव स्तरमा गरेको प्रदर्शनका कारण उनी आफैले पनि ठुलो विश्वास गरेका थिए । तुलनात्मक रुपमा कमजोर टिम मानिएको नेदरल्याण्ड्सलाई फाइनलमा पुर्याउन वेस्लले ५ गोल विश्वकपमा गरेका थिए । तर बलुन डी योरको भोटिङमा उनी शिर्ष तीन स्थानमा पनि पर्न सकेनन् ।

आखिर किन त ?

त्यो बेलाको बलुन डी योरका लागि उनीसँगै दावेदार थिए, जाभी, आन्द्रिय इनियष्टा । बाँकी मेस्सी, रोनाल्डो त हुने नै भए । जाभी र इनियष्ट यो हिसावमा थिए की, उनीहरुले विश्वकपको उपाधिसँगै ला लिगापनि जितेका थिए ।

तर अन्तिममा पाए, लियोनल मेस्सीले । ला लिगामा गोल्डेन बुटको उपाधि जितेका मेस्सीले त्यो बर्ष बलुन डी योर जित्दा स्नेइज्डरले यो पक्षपात भएको समेत बताएका थिए ।

मेस्सीले विश्वकपमा एक गोलपनि गर्न सकेनन् । उनको टिम विश्वकपको क्वाटरफाइनलबाट नै बाहिरीएको थियो । तर अन्तिममा उनले बलुन डी योरको उपाधि जिते ।

कारण थियो, त्यो बेला गरिएको निमयमा परिवर्तन ।

सन् १९५६ देखि २००९ सम्म पत्रकारले मात्र भोटिङ गर्न पाउथे । तर सन् २०१० मा बलुन डी योर फिफा बर्ष अवार्ड एकैमा गाभिन पुगे । जसका कारण नियममा पनि परिवर्तन आयो ।

दुई वटा अवार्ड एक साथ मर्ज हुँदा फिफाले भोटिङको नियममा पनि परिवर्तन गर्यो । पहिले पत्रकारले मात्र भोट गर्न पाउनेमा अब २०९ देशका कप्तान र प्रशिक्षकले पनि भोट गर्न पाउने अधिकार बनायो । जसका कारण वेस्लेको बलुन डी योर जित्ने सपना अधुरो बन्यो ।

यदि २००९ को जस्तो पत्रकारले मात्र भोट गर्न पाउने भएमा मेस्सीले त्यो बर्ष बलुन डी योर नजित्ने एक फुटबल विश्लेषकले बताएका छन । उनी चौथो स्थानमा हुनसक्ने उनको धारणा छ ।

स्नेइज्डरमात्र होइन, यदि पत्रकारले मात्र भोट गर्न पाउने भए, २०१३ मा फ्रांक रिबेरीले यो उपाधि जित्ने सक्थे, तर त्यो हुन सकेन ।

हाल सन्यास लिइसकेका रियाल मड्रिडका पूर्व खेलाडी वेस्लले करियरमा आफुपनि रोनाल्डो र मेस्सीको जस्तै जीवन जिउन कठिन थिएन, तर आफुलाई त्यस्तो आभाष नभएको बताए । उनको यो भनाईलाई भने धेरैले आलोचना गरेका थिए ।

Post Add 1025X115
Loading...