आफ्नै टिमका ‘सिनियर’ खेलाडीबाट ‘होच्याई’ खाएका ५ स्टार फुटबलर

0

पछिल्लो पटक विश्व फुटबलमा रंगभेद जातीय विभेदको चर्को विरोध हुन थालेको छ । तर त्यो विभेद कुनैपनि खेलाडीका लागि होच्याउने प्रवृतीले नै गरिने गरेको हो । आज हामी विश्वमा ५ स्टार खेलाडीको बारेमा कुरा गर्नेछौ, जसलाई सिनियर खेलाडीले निकै होच्याएका थिए ।

Advertisement

क्रिस्टियानो रोनाल्डो

१८ बर्षको उमेरमा रोनाल्डो प्रिमियर लिगका लागि अनुबन्ध भएका थिए । पोर्चुगलको स्पोर्टिङबाट म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका रोनाल्डोलाई सुरुवातमा क्लवमा बस्न नै निकै कठिन भएको थियो । कारण थियो, सिनियर खेलाडीले उनीमाथि गरेको ब्यवहारले ।

त्यो बेला युनाइटेडमा रायन गिग्स, नेभल्स, रोय किङले रोनाल्डोलाई मन पराउँदैन थिए । उनीहरु रोनाल्डोको एटिट्युडलाई फिटिक्कै मन पराउँदैन थिए । त्यसपछि सुरु भएको रोनाल्डोलाई होच्याउने वाताबरण ।

उनीहरुले रोनाल्डोले लगाउने हरेक कुरामा नराम्रो कमेन्ट गर्ने, चाहे त्यो उनको कपालको डिजाइन होस या उनले लगाउने चम्मा, टिसर्ट, जुत्ता, जे कुरामा पनि मजाक उडाउने गर्थे ।

प्रशिक्षणको बेला सिनियर खेलाडी मिलेर रोनाल्डोलाई होज्याएर खिन्न बनाउथे । जुन उनलाई सधै चित्त दुख्थ्यो । प्रशिक्षणका बेला उनीहरुले रोनाल्डोलाई बल नदिने र दिक्क पार्ने गर्थे । जसका कारण रोनाल्डो धेरै पटक एक्लै आँखामा आशु झारेर बसेको त्यो बेलाका प्रशिक्षक सर एलेक्स फर्गुसनले देखेका थिए ।

जसले गर्दा रोनाल्डो निकै दुःखी दिए । तर रोनाल्डोले क्लवका लागि गरेको उत्कृष्ट प्रदर्शनका कारण नै उनी आफुलाई सधै चर्चामा राख्न सफल भए । उनले युनाइटेडमा हुँदा बेलाको समयका विषयमा एक अन्तरवार्तामा भनेका थिए, म निकै चिन्तित र दुःखी भएको थिए । जुन ब्यवहार सिनियरले गरेका थिए ।

२. मेस्सी

हाल विश्वका उत्कृष्ट खेलाडीको सूचीमा पर्ने मेस्सी जब पहिलो पटक बार्सिलोनाको सिनियर टिममा आएका थिए । उनीमाथि ठुलो विभेद भएको थियो । उनले क्याम्प नोउमा सुरुवात गर्दा निकै कठिन भएको थियो ।

उनले एक अन्तरवार्तामा भनेका थिए, आफ्ना टिमका साथीहरु त्यो बेला निकै कठिन खालाका थिए, उनीहरु अरुले केहि नबुझोस भनेर स्थानीय काटालान भाषा बोल्ने गर्थे । १३ बर्षको उमेरमा अर्जेन्टिनाको रजारियोबाट आउँदा उनी बाहिरको खेलाडी भनेर सबैले ब्यवहार देखाए ।

त्यो बेला उनका बुवाबाहेक अरु सबैले नराम्रो ब्यवहार गरेका थिए । त्यो बेला जुनियर टिमका प्रशिक्षकले भनेका थिए, मेस्सी बाहिरबाट आएको खेलाडी हो, उनी बार्सिलोनामा बस्न सक्दैनन्, सबै मिलेर उनलाई हटाउनुपर्छ भनेर अरु खेलाडीलाई भनेका थिए ।

जुन उनले मैदानमा पाएपनि, तर उनले आफ्नो हेटर्सलाई पाठ सिकाउँदै आफ्नो लक्ष्यमा अगाडी बढि रहे ।

३. इडेन हाजार्ड

रोनाल्डो, मेस्सीमात्र होइन बेल्जियमका खेलाडी हाजार्ड पहिलो पटक लिलीमा अनुबन्ध हुँदा टिमका साथीले निकै होच्याएका थिए । उनी पहिलो पटक लिलीको प्रशिक्षण सेसनमा पुग्दा, नसोचेको वाताबरण पाए । जसमा उनको प्रशिक्षण किट नै खेलाडीले लुकाएका थिए । तरपनि उनले प्रशिक्षणमा आफु पुरानो खेलाडी जस्तो गरेर प्रशिक्षण गरेका थिए ।

जुन कुरा सिनियर खेलाडीलाई मन परेको थिएन । त्यसपछि हाजार्डका लागि लकर रुम नर्क जस्तै बन्यो । फिटनेस हलमा हाजार्डविरुद्ध आवाज उठ्न थाले । टिमले देखाएको ब्यवहारले एक दिन उनी एक्लै बसेर रोइरहेका अरु खेलाडीले देखेका थिए । त्यो बेला टिमका स्टार खेलाडीले हाजार्डलाई गालामा हिर्काएका पनि थिए ।

त्यसपछि निकै कठिन हुने भएपछि उनले सिनियर खेलाडी प्रतिको ब्यवहार नचाहेरपनि परिवर्तन गरे । त्यसपछि हाजार्डको करियरले फरक मोड लियो ।

४. इमानुयल पटिट

इमानुयल पटिट फ्रान्सबाट विश्वकप जित्ने र आर्सनलका उत्कृष्ट खेलाडी मानिन्छ । तर जब उनी बार्सिलोनामा अनुबन्ध भएका थिए, उनको समय निकै खराव रहेको थियो । कारण टिममा रहेको विभेद ।

उनले भनेका थिए, बार्सिलोनामा हुँदा जातीय विभेद प्रष्ट देखे, बार्सिलोनाको ड्रेसिङ रुममा युद्ध नै थियो । युद्ध काटालान र डच खेलाडीविच थियो । उनीहरुले एक अर्कालाई कतिपनि मन पराउँदैन थिए ।

आफु आएपछि त्यहाँ रहेको सिनियर खेलाडीले स्पेनीस नसिक्न भने, बरु काटालानको भाषा सिक्न भनेर सल्लाह दिएका थिए । त्यसपछि उनले टिममा राम्रो माहोल पाएनन् । जसका कारण उनले एक सिजनमात्र बार्सिलोनामा बसेर चेल्सीमा गएका थिए ।

उनले बार्सिलोनामा एक बर्ष बस्दा जति खराव बाताबरण पाए, त्यो कहिपनि नपाएको बताए ।

५. इयान राइट

आर्सनलका कीतिमानी खेलाडी राइटले पनि प्रिमियर लिग क्लवमा होच्याउने प्रबृती निकै पाएका थिए । उनलाई पनि प्रशिक्षणका बेला सिनियर खेलाडीले निकै होच्याउने गरेको अनुभव बताए ।

खेलकुद क्षेत्रमा रंगभेद, जातीविभेदको धेरै कुराहुरु हुन्छ । तर जब खेलाडीले नै खेलाडीबाट यस्तो ब्यवहार पाउछन, उनीहरुमा त्यसको ठुलो असर पर्छ ।

 

Post Add 1025X115
Loading...