सचिन र धोनीको खेल हेरेर बस्ने, पानीपुरी बेच्ने जैसवालको आइपीएल खेल्ने सपना पुरा हुँदै

0

यो सिजनको इन्डियन प्रिमियर लिगमा एक जना यस्ता खेलाडीको सपना पुरा हुँदैछ, जो केहि बर्ष अगाडी मुम्बई र चेन्नेई विचको खेल वांखडे स्टेडियममा हुँदा हेरिरहेका थिए ।

पहिलो पटक उनले सचिन तेन्दुलकर, रोहित शर्मा, महेन्द्रसिंह धोनीलाई खेलेको हेरेका थिए । त्यहाँबाट आइपीएल खेल्ने सपना बोकेका १८ बर्षको उमेरमा जैसवाल अघिल्लो सिजनमा आइपीएलमा छनोट हुन पाए । भारतबाट यू १९ टिमबाट खेलेका उनी ए श्रेणीको क्रिकेटमा दोहोरो शतक बनाउने कान्छो खेलाडी हुन ।

उनलाई राजस्थान रोयल्र्सले दुई करोड ४० लाख भारतीय रुपैयाँमा अक्सनबाट खरिद गरेको थियो । यू १९ क्रिकेट टिमबाट खेल्दा उमेर समुहको विश्वकपको फाइनलमा पुर्याएका थिए । त्यो बेला उनले चार सय रन प्रहार गरेका थिए । जसमा उनले पाकिस्तानविरुद्ध शतक पनि प्रहार गरेका थिए ।

निकै कठिन र गरिव परिवारबाट आएका जैशवालको बाल्यकाल निकै फरक थियो । जब आइपीएलमा उनी पहिलो पटक छनोट भए, उनी रातारात करोडपति खेलाडी बने । यतिमात्र होइन, उनको जीवन नै परिवर्तन भयो ।

यस्तो थियो जैशवालको संघर्षको कथा

जैसवालको पृष्टभूमी निकै दर्दनाक रहेको छ । पछिल्लो ती बर्षदेखि उनी मुम्बईमा रहेको मुस्लिम युनाइेटड क्लवका ग्राउण्ड्सम्यानसँग बस्दै आएका छन । जुन एउटा टेन्टले बनाइएको छ ।

त्यसअघि उनी एउटा डेरी पसलमा बस्ने गर्थे, तर त्यहाँबाट उनलाई हटाइएपछि उनले टेन्टको सहारा लिएका थिए । जैसवाल यतिबेला सोसियल मिडियामा भाइरल भइरहेका छन । यस्तैमा जैसवालका बारेमा जान्ने बुझ्ने धेरैको चाहना भइरहेको छ ।

जैसवाल जव ११ बर्षका थिए, उनले एउटै सोच बनाए क्रिकेट खेल्ने । पछिल्लो पटक भारतीय यू–१९ क्रिकेट टिममा पनि रहेका जैसवालले भारतमा भएको क्रिकेट प्रतियोगितामा नेपाल विरुद्ध पनि खेलेका थिए । तर उनले ब्याटिङ भने गरेका थिएनन् ।

११ बर्षको उमेरमा क्रिकेट खेल्ने दृढइच्छा शक्ति राखेका जैसवाल ६ बर्षको फरकमा आइपीएलमा छनोट भएका छन । उत्तर प्रदेश भाडोही घर भएका जैसवालका बुवाले एउटा सानो पसल चलाउछन, जसमा उनले पानीपुरी लगायत सामाग्रि बिक्रि गर्छन । परिवारको कान्छो छोरा जैसवालले मुम्बईमा क्रिकेट खेल्न जाने निर्णयमा पनि उनको बुवाले कुनै आपत्ति जनाएनन् ।

दिनहु खानपनि कठिन हुने आर्थिक अवस्था हरेको उनको परिवारले उनलाई मुम्बईमा जान राजी गरेपछि उनको क्रिकेटको सपना सुरु भएको थियो । उनका काका सन्तोष जैसवाल मुम्बईमा नै काम गरिरहेका छन । उनको मुम्बईको ओर्लीमा घर भएपनि तेस्रो ब्यक्तिलाई राख्न नसक्ने अवस्था थियो । जसका कारण उनी काकाको घरमा बस्न पाएनन् । त्यसपछि उनले मुस्लिम युनाइटेड क्लवको म्यानेजरलाई आग्रह गरे की उनलाई बस्ने ब्यवस्था गरिदिनु पर्यो भनेर, उनले यो गरेको डेरी पसलबाट निकाला गरेपछि गरेका हुन ।

उनले सो क्लवमा बस्ने मौका पाएपछि एक हदसम्म आनन्द महसुर गरेका थिए । मैदानको छेउमै रहेको टेन्टमा उनको बास हुन्थ्यो । सडकमा ठेलाबाट पैशा भए केहि खान्थे होयन पनि कतिपय समय भोकै पनि सुतेका थिए ।

त्यसअघि काल्बादेवीमा बस्दा दिनभर क्रिकेट खेल्ने र साँझ भएपछि थकानले चाँडै सत्ने गर्थे, एक दिन उनको सबै सामान उनी सुतीरहेका बेला बाहिर फालिएको थियो । तर उनले केहि गर्न सकेनन् ।

त्यसपछि तीन बर्षसम्म उनको घर टेन्ट बन्यो । उनले त्यो टेन्टमा वा भनौ मुम्बईमा जतिपनि दुःख पाए सबै सहे । तर उनी फर्किएर गाउँ जाने कहिलेपनि सोचेनन् । उनको एउटै इच्छा थियो, राम्रो क्रिकेटर बन्ने भनेर ।

आर्थिक रुपमा पनि निकै कमजोर भएकाले उनलाई खानका लागि केहिले काहि उनको बुवाले पैशा पठाउने गर्थे, तर प्रर्याप्त थिएन । आफ्नो पोकेट खर्चका लागि उनी केहिले काहि पानीपुरी बेच्ने गर्ने, त्यो पनि अजाद मैदानमा रामलिला लागेका बेला ठेलामा पानी पुरी विक्रि गर्थे ।

उनले यस्तो दिनहरुपनि भोकेका छन, जहाँ खाली पेट सुतेका छन, उनी बस्ने टेन्टमा रहेका अरु ब्यक्तिहरु झगडा गर्ने, त्यसमा उनलेपनि कतिपटक चोट पनि खाएका छन । तिनीहरुका लागि उनले खाना पकाइदिनु पथ्र्यो यदि कुनैदिन ढिला भयो भने उनले सुत्न पाउदैन थिए ।

उनी अहिले सम्झन्छन, रामलिला भएका बेला म पानीपुरी बेचिरहेको हुन्थे, तर मनमा निकै डर हुन्थ्यो, कतै आफ्ना टिमका साथीहरु त्यहाँ आएका छ छैनन् भनेर । उनी आफ्नो यो अवस्थाका बारेमा साथीहरु थाहा नपाउन भन्ने चाहन्थे । रामलिला भएका बेला आफुले राम्रो कमाई गर्ने गरेको र जसले आफ्नो पोकेट खर्च चलाउने गर्थे । मलाई साताको दुई देखि तीन सय रुपैयाँ भएमा खर्च पुर्याउथे ।

आफु क्रिकेट खेल्न जाँदा साथैहरुका परिवारले खाना बोकेर ल्याउने, आफ्नो हकमा आफै बनाउ आफै खाउ त्यो पनि एक्लै । कुनै विहानको खाजा भन्ने थिएन, मैदानमा भोक लागेमा एउटालाई समातेर खाजा किन्न आग्रह गर्थे ।

विहान र साँझको खाना टेन्टमा हुन्थ्यो, उनको काम रोटी बनाउने थियो, टेन्टमा बत्तिपनि थिएन, त्यसैले सधै क्यान्डिल लाइट डिनर हुन्थ्यो ।
क्रिकेट र काममा ब्यस्त हुँदापनि उनका लागि कहिलेकाही रातहरु निकै लामो लाग्थ्यो । आफ्नो परिवारलाई निकै मिस गर्थे, आँखामा आसु आउथ्यो, तर क्रिकेट सम्झिएपनि फेरी सम्हालिन्थ्यो ।

जैसवालको जीवनमा तव परिवर्तन आयो जब उनलाई स्थानीय प्रशिक्षक ज्वाला सिंहसँग भेट भयो । उनले जैसवाललाई निकै सहयोग गरे । जैसवालमा ज्वालाले आफ्नो बाल्यकाल देखे । यूपीबाट आएको केटो, जसको कोहि गडफादर छैन, कोहि गाइड छैन, त्यहिपनि उनमा क्रिकेटको अदभुत क्षमता उनले देखे । पछिल्लो पाँच बर्षमा उनले ४९ सतक प्रहार गरिसकेका थिए, स्थानीय टिम विरुद्ध ।

उनको सहयोग पाएपनि जैसवालले मुम्बईबाट खेल्ने मौका पाए । हाल मुम्बईका यू–१९ टिमका प्रशिक्षक सतिस समन्तले उनी एकदिन राम्रो गर्नेमा विश्वास थियो, उनीमा रहेको क्षमता अदुभुत थियो ।

आइपीएलमा छनोट भएपछि जैसवालले भने ठुलो स्तरको प्रतियोगिता खेल्न कतिको चुनौती छ भन्दा उनको जवाफ स्पष्ट थियो, मैले अहिलेसम्म भोगेको चुनौतीले मलाई धेरै सिकाएको छ, त्यो भन्दा ठुलो चुनौती क्रिकेटले दिदैन ।

Post Add 1025X115
Loading...