नेपाली राम्रा खेलाडी भारतबाट खेलाउँदा राम्रै हुन्छ, भन्दै गावस्करले ‘मजाक’ गरेपछि !

0

भारतीय पूर्व महान खेलाडी सुनील गावस्करको आसन्न इन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्र्सबाट सन्दिप लामिछानेले सुरुवाती ११ बाट खेल्न सक्ने बताएका छन ।

भारतीय सञ्चारमाध्यम स्पोर्टस तकसँगको कुराकानीमा उनले सन्दिपले अघिल्लो सिजनमा निकै राम्रो बलिङ गरेको र उनी निकै क्षमतावान खेलाडी रहेको र उनले दिल्ली टिममा आर आश्विनको पार्टनरका रुपमा टिममा पर्ने संभावना रहेको बताएका छन ।

यहि क्रममा उनले इंग्ल्याण्डले राम्रो खेलाडी देखेमा स्कटल्याण्ड, आयरल्याण्डबाट ल्याएर टिमबाट खेलाएजस्तै भारतले पनि नेपालबाट राम्रा खेलाडीलाई ल्याएर भारतबाट खेलाउँदा राम्रो हुने बताए ।

उनले सन्दिपको बलिङको तारिफ गर्दै नेपालमा क्षमतावान खेलाडी छन भने भारतबाट खेल्न पाउने प्रावधान हुनुपर्ने भन्दै कुरा छेडेका थिए । उनी राम्रो खेलाडी रहेको र यस्ता खेलाडीलाई भारतबाट खेलाउँदा के फरक पर्छ र भनेर प्रश्न गरेका थिए ।

तर पछि उनी आफैले त्यो कुरालाई केहि मजाक जस्तो कुरा भएपनि ध्यानाकर्षण गर्नुपर्ने जस्तो लागेको बताए ।

हेराै भिडियाे

Post Add 1025X115
Loading...