इंग्ल्याण्ड र अष्ट्रेलियाका खेलाडीले एक दिन देखि ६ दिनसम्म आइसाेलेसन बस्नुपर्ने

0

शनिबारबाट सुरु हुने इन्डियन प्रिमियर लिगका लागि इंग्ल्याण्ड र अष्ट्रेलियाबाट २१ खेलाडी आज राति यूएई पुग्दैछन । उनीहरु यूएई पुगेपछि एक देखि ६ दिनसम्म क्यारेन्टिन बस्नुपर्ने भएको छ ।

६ टिमका १८ खेलाडी जो दुबई पुग्नेछन उनीहरुको क्वारेन्टिनको समय एक दिनको मात्र हुनेछ । तर पाट कुमिन्स, इयोन मोर्गन र टोम बान्टोन, जो कोलकाता नाइट राइडर्सबाट आइपीएल खेल्नेछन, उनीहरुको क्वारेन्टिनको समय ६ दिनको हुनेछ ।

जसका कारण इंग्ल्याण्ड र अष्ट्रेलियन खेलाडी आइपीएलको सुरुवातबाट नै टिमबाट खेल्न पाउने भएका छन ।

दुबईमा आउने खेलाडी सोझै होटेलमा जानेछन । उनीहरुको होटेलमा नै परिक्षण हुनेछ । यदि उनीहरुको रिपोर्ट नेगेटिभ आएमा अर्कोदिन प्रशिक्षण गर्न पाउनेछन ।

तर कोलकाताका खेलाडीका लागि भने ६ दिनसम्म होटेलको कोठामा नै बस्नुपर्नेछ । जब उनीहरुको टेष्टको समय पुरा हुन्छ, त्यसपछि मात्र उनीहरु टिममा समावेश हुनेछ ।

यस्तैमा नेपाली खेलाडी सन्दिपको क्वारेन्टिनको समय शनिबार सकिनेछ । त्यहि दिन उनको अन्तिम चरणको परिक्षण हुनेछ । यदि सो परिक्षणमा रिपोर्ट नेगेटिभ आएमा उनले आइतबार हुने पञ्जावविरुद्धको खेल खेल्न पाउने भएका छन ।

शनिबारबाट सुरु हुने प्रतियोगिताको पहिलो दिन चेन्नेई सुपर किंग्स र मुम्बई इन्डियन्सविच प्रतिस्पर्धा हुनेछ ।

Post Add 1025X115
Loading...