‘प्रशिक्षण सुरु नगर्नु खेलाडीमाथिको अन्याय हो’

0

नेप्लेज, काेरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारी सुरु भएसँगै देशब्यापी लागू गरिएको लकडाउनका कारण नेपालको घरेलु खेल गतिविधि ठप्प छ ।त्यसअघि पनि मंसिर २४ गते १३ औं दक्षिण एसियाली खेलकुद सकिएसँगै खेलाडीहरुलाई बिदा दिइएको थियो ।

खेलाडीहरुले ९ महिनादेखि प्रशिक्षण गर्न पाएका छैनन् । खेलकुदको प्रशिक्षण सुरु नगर्नु भनेको खेलाडीमाथिको चरम अन्याय भएको एकजना खेल विज्ञले बताएका छन् । वर्षौंको मिहिनेतले जन्मिने खेलाडीलाई ९ झन्डै १ वर्षसम्म प्रशिक्षण नगराइनुले उनीहरुको स्तर शून्यमा झर्ने खतरा उनले औंल्याए ।

विश्व खेलकुद कोरोना महामारीको चरणबाट बिस्तारै माथि उठ्ने प्रयासमा छ । युरोपमा प्राय सबै देशमा खेलकुद गतिविधि सामान्य हुन थालिसकेको छ । देशका घरेलु फुटबल लिग, अन्तर्राष्ट्रिय फुटबल, क्रिकेट लगायतका गतिविधि एक महिनाअघि देखि नै सुरु गरिएका छन् । भारतको प्रतिस्ठित इन्डियन प्रिमियर लिग क्रिकेट पनि शनिबारदेखि सुरु हुँदैछ । कोरोनाले सबैभन्दा प्रताडित अमेरिकामा ग्रान्डस्लाम टेनिस युएस ओपनको सफल आयोजना भइसकेको छ ।

तर नेपालमा भने प्रतियोगिताको कुरै छाडौं, प्रशिक्षणसमेत सुरु गरिएको छैन । सरकारले कोरोनाका कारण निशेध गरिएका क्षेत्रहरु असोज १ अर्थात बिहीबारदेखि खुला गरिएकोमा खेलकुद क्षेत्र परेको छैन । आवश्यक स्वास्थ्य सुरक्षाका मापदन्ड पूरा गरी अन्य क्षेत्र खोल्न सकिन्छ भने खेलकुद किन सकिन्न ? भन्ने प्रश्न उठ्न थालेको छ ।

राष्ट्रिय खेलकुद परिषद राखेपका एथ्लेटिक्स पूर्व प्रशिक्षक तथा खेल विज्ञ सुशील नरसिंह राणाले ९ महिनासम्म खेलाडीको प्रशिक्षण रोकिनु भनेको गति लिन थालेको नेपाली खेलकुद पुनः अधोगतितर्फ लम्बने खतरा औल्याएका छन् ।

उनले भनेका छन्, ‘१३ औं सागको सफलता भनेको नेपाली खेलकुदले सकारात्मक गति लिएको प्रमाण हो । त्यो सफलता नियमित राष्ट्रिय प्रतियोगिता र नियमित प्रशिक्षणबाट सम्भव भएको हो । प्राप्त उपलब्धीमा टेकेर थप उपलब्धी हासिल गर्न, अर्को साग र एसियाली खेलकुदमा अहिलेको भन्दा राम्रो नतिजा ल्याउन हामीले तत्कालै कम्तिमा राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघका प्रशिक्षण प्रशिक्षकसमेत रहेका राणाले नेपालको खेल नेतृत्वले प्रशिक्षणको महत्व नबुझेको गुनासोसमेत गरे । ‘खेलकुद प्रशिक्षण भनेको योजनाबद्ध रुपमा लक्ष्य निर्धारण गरेर गर्ने कुरा हो । एउटा खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सफल बनाउन प्रशिक्षकको योजना र लक्ष्यले धेरै फरक पार्छ । खेलाडीको प्रशिक्षण एक दिन पनि रोकिनु हुँदैन,’ उनले थपे, ‘यहाँ त ९ महिनासम्म खेलाडी प्रशिक्षणबिहीन छन् । यो क्रम जारी रह्यो भने हामीले अहिलेसम्म तयार पारेका खेलाडीको ८० प्रतिशत क्षमतामा गिरावट आउँछ । र त्यो परिपूर्ति गर्न अर्को डेढ देखि २ वर्षसम्म लाग्न सक्छ ।’

खेल विज्ञ राणाले अन्य क्षेत्र खुल्दा खेलकुद क्षेत्र निशेधित रहनु खेल नेतृत्वको पहलकदमीमा कमी भएको आरोप पनि लगाए । ‘यातायातदेखि होटल रेस्टुरेन्ट ब्यवसायीले स्वास्थ्य सुरक्षा अपनाएर व्यवसाय सन्चालन गर्छु भनेर आवाज उठाए, बिरोध गरे । सरकारले उनीहरुको कुरा सुन्यो र खोल्न दियो । खेलकुदजस्तो संवेदनील विषयमा भने अझै पनि सरकार मौन हुनु भनेको हाम्रो नेतृत्वले सम्बन्धित ठाउ“मा कुरा पु¥याउन सकेका छैनन् कि भन्ने शंकालाई बल पुग्नु हो,’ उनले थपे ।

प्रशिक्षक राणाले काठमाडौंका स्तरीय होटलहरु खाली रहेको अवस्थामा खेलाडीहरुलाई होटल क्वारेन्टीनमा राखेर तत्काल प्रशिक्षण सुरु गर्नुैपर्ने अन्याथा उनीहरुको करिअरमाथिकै ठूलो अन्याय हुने दावी गरे । उनले थपे, ‘काठमाडौंमा एक से एक होटलहरु छन्, ती अहिले खाली छन् । कम्तिमा राष्ट्रिय टोलीका खेलाडीलाई होटलमा राखेर प्रशिक्षण सुरु गर्न ढिला गर्नु हु“दैन । प्रशिक्षण भनेको प्रतियोगिता केन्द्रित होइन । भविश्यका जुनसुकै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि हाम्रा खेलाडी तयार गर्नुपर्छ । राष्ट्रियस्टरका प्रतियोगितामा मात्र सीमित हुने हो भने चाही“ मेरो भन्नु केहि छैन ।’

Post Add 1025X115
Loading...