आइपीएलमा दिल्लीकाे सम्भावित ११ खेलाडीमा सन्दिप समावेश

0

इन्डियन प्रिमियर लिग आइपीएल सुरु हुन दुई दिन बाँकी रहेको छ । यस्तैमा यो सिजनको आइपीएल कुन टिमले जित्ला भनेर सबैको कौतुहल बढिरहेको छ ।

यस्तैमा यो सिजनमा दिल्ली क्यापिटल्र्सबाट खेल्ने तयारीमा रहेका सन्दिप लामिछाने टिममा पर्लान वा पर्देनन् भन्ने जिज्ञाशा पनि धेरै नै रहेको छ ।
क्रिकेट सम्बन्धी वेबसाईट क्रिकइन्फाले पछिल्लो पटक सार्वजनिक गरेको हरेक टिमको उचित प्लेइङ ११ मा दिल्ली टिममा सन्दिप लामिछानेलाई राखेको छ ।

दिल्लीको टिममा चार जना स्पिनर रहेका छन । जसमा रविचन्द्रन आश्विन, अक्सर पटेल, सन्दिप लामिछाने र अमित मिश्रा छन । यी चार जना खेलाडीमा कुनै तीन खेलाडीले एउटा खेल खेल्न पाउनेछन ।

यस्तैमा दिल्लीको टिममा यो सिजनको उत्कृष्ट प्लेइङ सेटमा को को पर्दा ठिक होला भन्ने संभावित टिम यस्तो छ ।

शिखर धवन, पृथ्वी शा, श्रेयस ऐयर, रिसब पन्त, सिमरोन हिटमेयर, एलेक्स कारे, अक्सर पटेल, रविचन्द्रन आश्विन, सन्दिप लामिछाने, कागिसो राबाडा र इशान्त शर्मा

भारतीय पूर्व क्रिकेटर आकाश चोपडाले बनाएको यो टिममा सन्दिपले आश्विन र पटेलसँग खेल्न पाउने बताएका छन । टिममा दुई जना तिब्रगतिका बलर र तीन जना स्पिनर राखिएको छ ।

Post Add 1025X115
Loading...