राजेश अहमदाबादबाट आई लिग खेल्न भारत पुगे

0

नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्न भारत गएका छन । भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो ।

उनले सामाजिक सञ्जालमार्फत आफु भारतको अहमदाबादबाट खेल्न लागेको र त्यसका लागि भारत पुगेकाे बताएका छन ।

परियार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमीबाट उत्पादित खेलाडी हुन् । उनले गत वर्षको ‘ए’ डिभिजन लिग न्यूरोड टिम (एनआरटी) बाट खेलेका थिए ।

परियार गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले स्वर्ण पदक जित्दा टोलीको महत्वपूर्ण सदस्य रहेका थिए । अघिल्लो महिना नेपालका अर्का खेलाडी अभिषेक रिजाल पनि भारतीय क्लबमा आवद्ध भएका थिए ।

राजेश एन्फा एकेडेमीका उत्पादन हुन् । २० बर्षिय राजेशले नेपालका लागि उमेर समुहका अन्य प्रतियोगिताहरु पनि खेलिसकेका छन् । दोस्रो डिभिजनको आइ लिगका लागि मिति तोकिएको छैन । २०१६ मा स्थापित भएको यो क्लबले पहिलो पटक आइ लिगको दोस्रो डिभिजन प्रतियोगिता खेल्न लागेको हो ।

Post Add 1025X115
Loading...