बंगलादेशी क्रिकेटर हसनमा दाेस्राे पटक काेराेना पाेजेटिभ

0

बंगलादेशका खेलाडी सैफ हसनलाई दोस्रो पटक कोरोना पोजेटिभ देखिएको छ ।

एक साता अगाडी कोरोना देखिएपछि आइसोलेसनमा बसेका हसनको दोस्रो चरणमा परिक्षणपनि पोजेटिभ देखिएको छ ।

बंगलादेश क्रिकेट बोर्डका अनुसार हसनको दोस्रो परिक्षणपनि पोजेटिभ आएको बताएको छ ।

जसका कारण उनलाई श्रीलंका विरुद्धको टेष्ट सिरीजका लागि २७ खेलाडीको सूचीमा राखिएको छैन । उनी समयमा नै ठिक भएमा टिममा पर्नसक्ने बताइएको छ ।

हसनले यो बर्षको सुरुवातमा दुई टेष्ट खेलेका थिए । पछिल्लो दुई बर्षमा बंगलादेश ए टिमबाट गरेको प्रदर्शनका आधारमा उनलाई राष्ट्रिय टिममा राखिएको हो । उनले गत बर्षमा भारतविरुद्धको टेष्ट सिरीजबाट टिममा डेब्यु गरेका थिए ।

Post Add 1025X115
Loading...