ललितको स्वास्थ्य सुधाराेन्मुख, हात र खुट्टाको शल्यक्रिया भोलि हुनसक्ने

0

काठमाडौं । सडक दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको ग्राण्डी इन्टरनेशनल हस्पिटलले जनाएको छ ।

अस्पतालका निर्देशक तथा ललितको उपचारमा संलग्न चिकित्सक चक्रराज पाण्डेका अनुसार शरीर भित्रको चोट सुधार उन्मुख रहेको र बेलुकासम्म सबै रिपोर्टहरुले सुधारको संकेत गरेमा भोलि विहान खुट्टा र हातको शल्यक्रिया गरिने छ ।

‘फोक्सोमा रगत जमेको थियो, त्यो स्थिर छ, यसले थप उपचारमा समस्या गर्दैन भन्ने हामीलाई लागेको छ । उनको लिभरमा पनि संक्रमण थियो, त्यो संक्रमण बढेको छ की छैन भनेर अहिले अल्ट्रा साउण्ड गर्न लागेका छौं, त्यसको रिपोर्ट सकारत्मक आएमा भोलि विहान शल्यक्रिया गर्ने छौं,’ डा. पाण्डेले भने, ‘हात र खुट्टा एक भन्दा बढी स्थानमा भाँच्चिएको छ, सबै शल्यक्रिया एकै पटक गर्ने छौं ।’

आइतबार कञ्चनपुरको झलारीमा भण्डारी सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिएको थियो । उनको धनगढीको निसर्ग अस्पताल, बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार हुन नसकेपछि हेलिकोप्टरमार्फत ग्राण्डी अस्पतालमा सोमबार भर्ना गरिएको हो ।

Post Add 1025X115
Loading...