इंग्ल्याण्ड क्रिकेटद्वारा ६२ कर्मचारी कटाैती

0

कोरोना भाइरस महामारीको आर्थिक समस्या हुँदा इंग्ल्याण्ड क्रिकेट बाेर्डले ६२ कर्मचारीलाई हटाएकाे छ ।

ईसीबीले विज्ञप्ति जारी गर्दै आर्थिक समस्याका कारण २० प्रतिशत कर्मचारी कटौती गर्न लागिएको बताएकाे छ । बोर्डका अध्यक्षले जारी गरेकाे बिज्ञेप्तीमा अहिलेसम्म एक सय मिलियन पाउण्ड बाेर्डले नाेक्सानी ब्यहाेरेकाे बताएकाे छ ।

विज्ञप्तिमा महामारी अझै लम्बिएर नोक्सानी बढेर २०० मिलियन पाउण्ड पुग्ने अनुमान संघले गरेकाे छ ।

पुरै स्थिति बिग्रिएका भन्दै आफ्ना ६२ कर्मचारीहरूलाई काम बाट हटाउने तयारी गरिसकेको छ । ईसीबीका सीईओ टम ह्यारिसनले मंगलबार जारी विज्ञप्तिमा आफ्ना २० प्रतिशत कर्मचारीलाई हटाउन लागिएको जानकारी दिएका छन ।

काेराेनाका कारण आर्थिक समस्या हुँदा यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पनि आफ्ना ५ जना कर्मचारीलाई हटाएकाे थियो । यस्तै क्रिकेट अष्ट्रेलिया (सीए) ले मे महिनामा केही कर्मचारीहरूलाई काम बाट हटाएको थियो ।

साथै सीएले ८० प्रतिशत कर्मचारीहरूलाई अगस्टसम्मको २० प्रतिशत तलव मात्र भुक्तान गरेको थियो ।

Post Add 1025X115
Loading...