एन्फामा कर्मचारीकाे तलब बढाउन चाैतर्फि दबाव !

0

अखिले नेपाल फुटबल संघ एन्फामा कर्मचारीको तलब बढाउनेमा चर्को दबाव बढिरहेको छ । यो बर्ष कर्मचारीको तलव नबढेको भन्दै सबैले आफ्नो तलव बढाउनका लागि एन्फमा दबाव दिइरहेका छन ।

संघको नेतृत्वमा रहेका पदाधिकारीको दबावलाई खेप्न नसकेर एन्फाले बढिमा २० प्रतिशत तलव बढाउने योजना बनाएको छ । यसका लागि एन्फाले कार्यसमितीको बैठकबाट तलव बढाउने योजना पास गर्ने भएको छ ।

यसका साथै एन्फाले पुराना कर्मचारी जसको त्यति काम छैन, उनीहरुलाई हटाउनका लागि गोल्डेन ह्याण्डचेकको योजना ल्याउने तयारी गरेको छ । तर यसमा कर्मचारी भने सहमति जनाउन मानिरहेका छैनन् ।

एन्फा अध्यक्ष कर्माछिरीङ शेर्पाले कर्मचारीको तलवका लागि दबाव आइरहेको र हरेक बर्षमा बजेट भाषणमा कर्मचारीको तलव बढ्ने गरेको थियो । तर यो पटक कोरोनाका कारण कर्मचारीको तलव नबढेको बताए ।

यस्तैमा तलव बढाउने विषयमा महासचिव देखि उपाध्यक्षहरुले पनि एन्फामा दबाव दिइरहेको बुझिएको छ । जसका कारण एन्फाले आगामी कार्यसमितीको बैठकमा तलव बढाउने योजना बनाएको छ ।

अहिले पाउँदै आएको तलवको स्किल हेरेर पारिश्रमिक बढाउने योजना रहेको छ । एन्फामा निकै लामो समयदेखि काम गरिरहेका कर्मचारीको नियुक्ति नै नहुँदा केहि समस्या पनि देखिएको छ । त्यस्ता कर्मचारीलाई संघ राख्नु न हटाउनु भन्ने अवस्था सिर्जना भएको छ ।

जसका कारण नयाँ संरचनामा अगाडी बढ्ने की भन्ने योजना पनि भइरहेको बताइएको छ । संघ सँगको सम्झौता नुहँदा केहि कर्मचारीले नियमित तलव पाउन नसकेको भन्ने गुनासो पनि गरिरहेका छन ।

 

Post Add 1025X115
Loading...