नेपालसँग मैत्रीपुर्ण खेलका लागि बिभिन्न देशकाे प्रस्ताव

0

नेपाली फुटबल टिमसँगको मैत्रीपुर्ण खेलका लागि विभिन्न देशले प्रस्ताव गरेको छ । आगामी नोभम्बर र डिसेम्बरमा मैत्रीपुर्ण खेलका लागि एन्फालाई प्रस्ताव गरिएको छ ।

जसमा बंगलादेश, मंगोलिया र क्यारेबियन मुलुक डोमेनिकन रिपब्लिकको प्रस्ताव गरेको छ ।

बंगलदेशले नेपाललाई अवे खेलेका लागि समेत प्रस्ताव राखेका छ भने मंगोलिया र डोमेनिकन रिपब्लिक भने नेपाल आउन मात्र पनि राजी छ ।यता एन्फाले भने राष्ट्रिय टिमको तयारीका लागि स्विकृती लिने प्रक्रिया अगाडी बढाएको छ ।

कोरोनाका कारण ६ महिना देखि घरमै बसिरहेका फुटबल खेलाडीलाई प्रशिक्षणमा फर्काउन एन्फाले सरकारसँग अनुमतिका लागि प्रक्रिया अगाडी बढाएको छ ।

मैत्रीपुर्ण खेलका लागि आएको प्रस्तावमा एन्फाले छलफल गरिरहेको बताइएको छ । नेपालले यसअघि भदौको एक गतेबाट प्रशिक्षण सुरु गर्ने बताएपनि सरकारले दोस्रोपटक निषेध्याज्ञा गर्दा त्यतिकै रोकिएको थियो ।

यता विश्वकप छनोटका खेलहरु पनि २०२० मा नहुने भनिएको छ । अब फेरी मैत्रीपुर्ण खेलको प्रस्ताव आएपछि एन्फाले खेलाडीलाई प्रशिक्षणमा फर्काउनका लागि पहल गरिरहेको छ ।

Post Add 1025X115
Loading...