बार्सिलाेना अध्यक्ष हटाउने अभियानमा १२ हजार ७०० काे हस्ताक्षर

0

बार्सिलोनाका अध्यक्षविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गर्नेको संख्या १२ हजार सात सय पुगेको छ ।

मेस क्वे उना मासियो अभियान अन्तर्गत अध्यक्ष जोेसेपलाई हटाउनका लागि अरु तीन हजार आठ सय २० हस्ताक्षर संकलन भएमा अविश्वासको प्रस्ताव लाग्नेछ ।

तर यसका लागि बुधबारसम्मको मात्र समय रहेको छ । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लव छोड्ने बताएपछि अध्यक्षको विरोधमा यो अभियान सुरु भएको हो ।

जसमा बार्सिलोनाको आर्थिक अवस्था कमजोर बनाउन उनी दोशी रहेको बताइएको छ ।

हस्ताक्षर संकलनमा टेलिमेटिक सिस्टमको प्रयोग गरिने गरेको छ । हालका अध्यक्ष जोसेपको चर्को आलोचना भइरहेका बेला उनी भने मौन बसेका छन ।

बार्सिलोनाले २०२१ को मार्चको अन्तिम सातामा अध्यक्षको निर्वाचन गर्ने निधो गरेको छ ।

युनाइटेडपनि इच्छुक देखिएको छ । रियालमा प्रशिक्षक जिनेदिन जिदानसँगको सम्बन्धका कारण उनी रियालमा खेल्न पाएका छैनन ।

Post Add 1025X115
Loading...