बेल टाेटनह्याम फर्कने चाहनामा

0

रियाल मड्रिडका स्ट्राइकर ग्यारेथ बेल फेरी प्रिमियर लिगमा फर्किने चर्चा निकै समय अगाडी चलेको छ ।

तर यसपटक भने उनी आफ्नो पूर्व क्लव टोटनह्याम फर्कनका लागि प्रक्रिया अगाडी बढाएका छन ।

बेलका एजेन्ट जोनाथन बारनेटले बेलको चाहना टोटनह्याममा फर्कने रहेकाले क्लवसँग कुराकानी भइरहेको बताए ।

उनले बीसीबी रेडियो वेल्ससँगको कुराकानीमा बेललाई टोटनह्याम फर्काउने विषयमा कुरा भइरहेको बताए ।

यसअघि बेलको विक्रिका लागि रियालले मोटो रकम मागेको र उनलेपनि धेरै तलव मागेकाले प्रिमियर लिगमा फर्कन कठिन भएको एजेन्टले बताए ।

बेललाई ल्याउनका लागि म्यानचेस्टर युनाइटेडपनि इच्छुक देखिएको छ ।

रियालमा प्रशिक्षक जिनेदिन जिदानसँगको सम्बन्धका कारण उनी रियालमा खेल्न पाएका छैनन ।

Post Add 1025X115
Loading...