स्वारेज समर ट्रान्सफर विन्डाेमा युभेन्टस जान नपाउने

0

बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेज इटालीयन क्लव युभेन्टसमा यो ट्रान्सफर विन्डोमा अनुबन्ध हुने संभावना लगभग सकिएको छ ।

यसअघि युभेन्टससँगको सम्झौताको नजिक पुगेको बताइएपनि उनले इटालीको नागरिकताका लागि दिएको आवेदनमा ढिलाई हुँदा सम्झौताको समय लम्बिएको हो ।

उनले इटालीकै नागरिकता बोकेर सिरी ए खेल्ने चाहनामा समय लाग्ने भएको छ । उनले इटालीको नागरिकताका लागि अक्टोबर ६ तारिखसम्म कुर्नुपर्ने भएको छ ।

जसका कारण उनको युभेन्टस जान पर्खनुपर्ने भएको छ । यसका साथै उनले च्याम्पियन्स लिगको समुह चरण खेल्न नपाउने भएका छन । हाल बार्सिलोनासँग प्रशिक्षणमा रहेका स्वारेजको नाम टिममा राखिएको छैन।

बार्सिलोनाको नयाँ प्रशिक्षकमा रोनाल्डा कोम्यान आएपछि उनले स्वारेजलाई अर्को क्लवमा जान भनेका थिए । जसका कारण स्वारेजले युभेन्टससँग कुरा गरेर नयाँ सम्झौता गर्ने बताइएको थियो ।

बुधबार हुने जिरोनाविरुद्धको मैत्रीपुर्ण खेलमा उनलाई प्रशिक्षकले मौका दिने संभावना पनि निकै कम रहेको बताइएको छ ।

Post Add 1025X115
Loading...