काेराेना भाइरस, स्टार खेलाडी, आइसोलेसनपछिकाे जित

0

विश्व खेलकुदका धेरै खेलाडी भाइरस संक्रमित भए । केहीले खुलेर जानकारी दिए, धेरैले भाइरससँगको लडाइँ गोप्य रुपमा लडे । यसमा नेपाली खेलाडीमात्र होइन, विश्वका स्टार खेलाडीपनि रहे ।

खुलेर बाहिर आएकामध्ये पहिले कुरा गरौँ, ब्राजिलियन स्ट्राइकर नेइमारको । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका नेइमार एंगल डी मारीया कोरोनामुक्त हुँदै मैदान फर्किएका हुन् । गत अगस्ट २३ मा भएको च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिखसँग पराजित भएपछि नेइमारसहित उनका टिम मेट विदा मनाउन स्पेनको इजिबा बिच गएका थिए ।

घरेलु लिगको सिजन सुरु हुनुअघि गरिएको परीक्षणमा नेइमारसहित पीएसजीका सात खेलाडीमा भाइरस देखिएको थियो । त्यसमा स्टार खेलाडी किलियन एमबाप्पे र एंजल डी मारिया पनि थिए । तर नेइमार र डी मारिया केही दिनको एकान्तवासपछि गत आइतबार मार्सेविरुद्धको खेलसँगै सामान्य अवस्थामा फर्किए । एमबाप्पे पुनरागमनको तरखरमा छन् ।

पल पोग्बा, फ्रान्स तथा इङलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर हुन् । नेसन्स लिग खेल्ने फ्रेन्च टिमको परीक्षण गर्दा संक्रमण देखिएका पोग्बा पनि अभ्यासमा आइसकेका छन् । चेल्सीका क्यालम हडसन ओडोइ भाइरसलाई परास्त गर्ने अर्का खेलाडी हुन् ।
इटालियन क्लब युभेन्टसका पाब्लो डिबालालाई युरोपमासंक्रमण प्रवेशको सुरुवाती चरणमै भाइरसले छोएको थियो । उनलाई संक्रमणमुक्त हुन निकै समय लागेको थियो । तर खासै लक्षण भने थिएन । डिबाला भाइरसका कारण स्थगित लिग सिरी ए सुरुहुँदानै स्वस्थ भएर टिमका लागि उपलब्ध भएका थिए ।

यस्तै पूर्व ओलम्पिक च्याम्पियन यूसेन बोल्टलाई पनि कोरोना देखियो । आफ्नो जन्मदिनको पार्टी मनाएपछि उनलाई दोस्रो दिननै कोरोना देखिएका थियो । उनीपनि ठिक भइसकेका छन ।

भाइरसको लपेटामा परेको अर्को ठूलो नाम हो नोभाक जोकोभिच । टेनिसका विश्व नम्बर एक सर्वियन जोकोभिच प्रदर्शनी खेल खेल्ने क्रममा गत जुनको अन्त्यमा संक्रमित भएका थिए । तर उनी छिट्टै निको हुँदै कोर्टमा फर्किए र वेस्र्टन एन्ड सर्दन ओपन टेनिसको उपाधि जितेभने युएस ओपनमा दुर्भाग्यपूर्ण घटनाका रुपमा रहेको, लाइनजजलाई बलले लागेपछि अयोग्य हुँदा चौथो चरणबाट बाहिरिए ।

उनीसँगै संक्रमित भएका ग्रिगर डिमिट्रभले पनि कोरोनाविरुद्धको लडाइँ सहजै जिते । इन्डियन प्रिमियर लिग आईपीएलमा चेन्नाइ सुपर किंग्सका दीपक चाहर कोरोनामुक्त भई टिममा मिसिइसकेका भने म्यानचेस्टर सिटीका पूर्वखेलाडी तथा रियाल सोसिडाडका डेभिड सिल्भा अभ्यासमा फर्कने तरखरमा छन् ।

पाकिस्तानी क्रिकेट टिमका फाखर जमान, मोहम्मद हफिज सहित दस खेलाडीे पनि निको भएर जिम्मेवारीमाफर्किएका छन् । नेपालमै पनि फुटबल खेलाडी एरिक बिस्ट, ओलम्पिकका चार पदाधिकारी र स्वाक्सका हीरा थापा कोरोना मुक्त भएसँगै नियमित काममा लागसिकेका छन् ।

यसबाट के प्रस्ट हुन्छ भनेसकेसम्म संक्रमण हुनै नदिने, भइहालेपनि सरकारले दिएको निर्देशन सही ढंगले पालना गर्दै अनुशासित भएर आइसोलसनमा बसे कोरोनालाई पराजित गर्न सकिन्छ । संक्रमणमुक्त भएका यी सबै खेलाडीको एउटै सन्देश छ, भाइरस संक्रमण जसलाई पनि हुन सक्छ, लापरबाही नगरौँ ।

Post Add 1025X115
Loading...