आर्सनलले अवामेयाङसँगको सम्झौता तीन वर्ष थप्याे

0

इंग्लीस प्रिमियर लिग क्लब आर्सनलले पिइरे इमेरिक अवामेयाङसँगको सम्झौता तीन वर्षका लागि थपेको छ ।

पुरानो सम्झौता यसै सिजनको अन्त्यमा सकिने थियो । ३१ बर्षिय गाबोनका स्ट्राइकर उवामयाङलाई आर्सनलले २०१८ मा क्लबमा भित्राएको थियो । सोही सिजननै उनी लिगका सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका थिए ।

यस्तै उनकै महत्वपुर्ण दुइ गोलमा आर्सनलले चेल्सीलाई हराउँदै एफ एकप जितको थियो । र लिगको पहिलो खेलमा आर्सनलले फुल्यामलाई हराउँदा उवामयाङले समेत गोल गरेका थिए ।

क्लबमा ५६ मिलियन डलरमा भित्रिएका उनले आर्सनलका लागि एक सय ११ खेलमा ७२ गोल गरिसकेका छन् । उनी क्लबमै रहनु आर्सनलका लागि महत्वपुर्ण रहेको प्रशिक्षक माइकेल आर्तेताले बताएका छन् ।

Post Add 1025X115
Loading...