चेन्नेईका खेलाडी रितुराजलाई फेरी कोरोना पोजेटिभ

0

इन्डियन प्रिमियर लिग आइपीएल टीम चेन्नेइका ब्याट्सम्यान रितुराज गायकवाडलाई फेरी कोरोना पोजेटिभ देखिएको छ ।

यसअघि गत महिना गरिएको परिक्षणमा पनि पोजेटिभ देखिएको थियो । त्यो बेला अर्का खेलाडी दिपक चाहरमा पनि कोरोना पोजेटिभ देखिएको थियो । तर उनी कोरोनाबाट मुक्त भएर प्रशिक्षणमा फर्किएका छन ।

त्यो बेला रितुराजलाई पनि पोजेटिभ देखिएको थियो । उनको एक महिनापछि फेरी परिक्षण गर्दा फेरी पोजेटिभ देखिएको छ । जसका कारण उनको आइसोलेसनको समथ थपिएको थियो ।

सेप्टेम्बर १९ बाट सुरु हुने आइपीएलका लागि सबै टिम प्रशिक्षणमा फर्किसकेका छन । यस्तैमा सन्दिप लामिछानेपनि दुबई पुगेर आइसोलेसनमा बसेका छन । यो विचमा उनको पनि तीन पटक कोरोना परिक्षण हुने भएको छ ।

Post Add 1025X115
Loading...