अष्ट्रेलिया र इंग्ल्याण्डको तेस्रो एक दिवसीय आज, सिरिजको छिनोफानो हुने

0

इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेट आज हुँदै छ । वल्ड टाफोर्डमा यो खेल नेपाली समय अनुसार अपरान्ह पौने ६ बजे शुरुहुने छ । दुवै टिमले एक एक खेल जितेकाले आजको विजेताले ट्रफि जित्ने छ ।

आजको खेलमा अष्ट्रेलिया विजयी भए ५ वर्ष पछि इंग्ल्याण्डलाई सिरिजमा पराजित गर्ने छ । अष्ट्रेलियाले ५ वर्ष अघि सन् २०१५ मा इंग्ल्याण्डमा ३–२ ले सिरिज जितेको थियो ।

यस्तै इंग्ल्याण्ड विजयी भए अष्ट्रेलियाविरुद्ध लगातार तेस्रो सिरिज जित्ने छ । इंग्ल्याण्डले यसअघि २०१८ मा अष्ट्रेलियालाई लगातार २ वटा वनडे सिरिजमा पराजित गरेको थियो ।

जारी सिरिजमा पहिलो खेलमा अष्ट्रेलियाले १९ रनको जीत दर्ता गरेको थियो भने दोस्रो खेलमा कमब्याक गर्दै इंग्ल्याण्डले अष्ट्रेलियाई २४ रनले पराजित गरेको थियो । जसका कारण यो सिरिज अहिले एक एकको बराबरीमा छ ।

आजको खेलमा अष्ट्रेलियाका पूर्व कप्तान स्टीव स्मिथले दुई वटा एक दिवसीय गुमाएका थिए । अभ्यासका क्रममा घाइते भएका स्टीव स्मिथ आजको एक दिवसीय खेल्ने सम्भावना रहेको छ । अष्ट्रेलिया र इंग्ल्याण्डबीच अहिलेसम्म १५१ एक दिवसीय क्रिकेट भएका छन् । जसमा अष्ट्रेलियाले ८३ मा जीत निकाल्दा ६३ खेलमा इंग्ल्याण्ड विजयी भएको छ । २ खेलको भने नतिजा बराबर भएको थियो भने तीन खेलको नतिजा आएन ।

यस्तै इंग्ल्याण्डको घरेलु मैदानमा अष्ट्रेलिया ३२ खेलमा विजयी भएको छ भने इंग्ल्याण्डले ३६ एक दिवसीय आफ्नो पक्षमा पारेको छ । २ खेल बराबरी हुँदा २ खेलको नतिजा आएको थिएन । ओभरअल कुरा गर्ने हो भने अष्ट्रेलिया र इंग्ल्याण्डकाबीच २२ एक दिवसीय सिरिज भएका छन् । जसमा अष्ट्रेलियाले १२ तथा इंग्ल्याण्डले १० सिरिज जितेका छन् । दुई देशबीच इंग्ल्याण्डमा १५ सिरिज हुँदा पाहुना टोली अष्ट्रेलियाले ८ तथा इंग्ल्याण्डले ७ सिरिज जितेको छ ।

म्यानचेस्टरको मैदानमा खेलका बेला बादल लाग्ने अनुमान गरिएको छ । त्यहाँको तापक्रम त्यतिबेला ९ देखि १९ डिग्री सेल्सियस हुने सम्भावना रहेको छ । जसका कारण टस जित्ने टिमले पहिला बलिङ रोज्ने अनुमान गरिएको छ ।

इंग्ल्याण्ड टिम
इयोन मोर्गन (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जाेनी बेयरेस्टो, टम बेन्टन, सैम बिलिंग्स, जोस बटलर, सैम कुरन, टम कुरन, आदिल रशीद, जो रूट, जेसन राेय, क्रिस वोक्स र मार्क वुड।
रिजर्व खेलाडी :  साकिब महमूद, डेविड मलान और फिल साल्ट।

अष्ट्रेलिया टिम
एराेन फिंच (कप्तान), स्टीव स्मिथ, सीन एबाेट, एश्टन एगर, एलेक्स कैरी, पैट कमिंस (उपकप्तान), जोश हेजलवुड, मार्नस लाबुशाने, नाथन लियोन, मिशेल मार्श, ग्लेन मैक्सवेल, रिले मेरेडिथ, जोश फिलिप, डैनियल सैम्स, केन रिचर्डसन, मिशेल स्टार्क, मार्कस स्टोइनिस, एंड्रयू टाय, मैथ्यू वेड र डेविड वार्नर।

Post Add 1025X115
Loading...