एनआरएनएले साग र आठौं खेलकुदका पदक विजेता खेलाडीको कोरोना वीमा गर्ने

0

नेप्लेज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को युवा तथा खेलकुद प्रतिस्ठानले अघिल्लो वर्ष सम्पन्न आठौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता नेपाली खेलाडीलाई कोरोना वीमा गर्ने भएको छ ।

प्रतिस्ठानले मंगलबार विज्ञप्ति जारी गरी खेलाडीहरुको कोरोना वीमाका लागि आवश्यक कागजात उपलब्ध गराउन राष्ट्रिय खेलकुद परिषद राखेपको राष्ट्रिय टिम तयारी समितिलाई अनुरोध गरेको छ । प्रत्येक खेलाडीको १ लाख बराबरको वीमा हुनेछ ।

कोरोना महामारीका कारण देशव्यापी लकडाउन घोषणा गरिएसँगै चैत दोस्रो सातादेखि नेपालमा सबै खेलकुद गतिविधि ठप्प छ । यसबीचमा खेलाडीहरुको कोरोना वीमाका लागि धेरै संघ संस्थाले पहलकदमी लिएका छन् । त्यसमध्ये एनआरएनएको खेलकुद प्रतिस्ठानले पनि पदक विजेता खेलाडीको वीमा गर्न लागेको हो ।

एनआरएनएको खेलकुद टिमले गत वर्षको आठौं राष्ट्रिय खेलकुदामार्फत पहिलोपल्ट राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन थालेको थियो ।

Post Add 1025X115
Loading...