आइपीएलमा खाता खोल्न नपाउँदै धरैपटक आउट हुने ३ क्रिकेटर !

0

यहि सेप्टेम्बर १९ देखि यूएईमा हुने आइपीएलको उद्घाटन खेलमा गत संस्करण विजेता मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स खेल्नेछन्। प्रतियाेगिताकाे मिती नजिकिएसँगै याे सिजनकाे उपाधि कसले जित्ला भन्नेमा सबैकाे चासाे बढिरहेकाे छ । यस्तैमा हामी यसअघि आइपीएलमा घेरैपटक शून्यमा ‘आउट’ हुने तीन खेलाडीका बारेमा कुरा गर्नेछाै ।

३. पीयूष चावलाः  भारतीय टीमका स्पिनर पीयूष चावलाले आइपीएलमा हालसम्म एक सय ५७ म्याच खेलेका छन्। जसमा उनले ब्याटिङमा ५ सय ८४ रन बनाएका छन्। जसमा उनी १२ खेलमा खाता खोल्न नै पाएनन् । त्यसैले आइपीएलमा धेरै पटक शून्य रनमा आउट हुने खेलाडीकाे सूचीमा तेस्राे स्थानमा छन ।

चावला याे सिजनमा आइपीएलमा ६ करोड ७५ लाख भारुमा चेन्नई सुपर किंग्समा अनुबन्ध भएका छन्। उनले लामो समय कोलकाता नाइट राइडर्सबाट खेलेका थिए।

२. पार्थिव पटेलः

नेपाली बलर सन्दिप लामिछानेले पनि सिकार बनाएका खेलाडी हुन पार्थिव पटेल । पछिल्लो केही सिजनदेखि रोयल च्यालेन्जर्स बैंग्लोरबाट आइपीएल खेलिरहेका पार्थिवले एक सय ३९ खेलमा २२.७ को औसतमा २ हजार ८ सय ४८ रन बनाएका छन्। एक सय ३७ पारीमा उनले १३ अर्धशतकसेमत बनाएका छन ।

तर पार्थिव १३ पटक शून्यमै आउट पनि भएका छन् । आइपीएलमा सर्बाधिक खाता खोल्न नसक्नेको सूचीमा पार्थिव दोस्रो स्थानमा छन्।

१. हरभजन सिंहः  हरभजन सिंहले याे सिजनमा आइपीएल नखेल्ने भएका छन । उनी प्रतियाेगिताकाे सफल बलरकाे सूचीमा पर्छन । आइपीएल सर्बाधिक विकेट लिने खेलाडीकाे सूचीमा उनी तेस्रो स्थानमा छन । हरभजनले हालसम्म आएपीएलमा एक सय ६० खेलमा एक सय ५० विकेट लिएका छन्। जसमा ८ सय २९ रन पनि बनाएका छन्। यसक्रममा हरभजन १३ पटक खाता खाेल्न नपाउँदै पेभेलियन फर्किएका छन ।

 

Post Add 1025X115
Loading...