आफ्नाे खुसी साट्न र इच्छा पुरा गर्न धेरै खर्च गरेका फुटबलर

0

विश्व फटुबलमा यस्ता फुटबलर छन, जसले आफ्नो खुसीको लागि अनौठा कामहरु गरेका छन । कोहिले आइल्याण्ड नै भाडामा लिने, कोहिले छिमेकीको घर नै किन्ने, कोहिले महंगो याच खरिद गर्ने जस्ता काम गरेका छन । आज हामी यस्तै १० फुटबल जसले सुन्दा क्रेजी लाग्ने तर ब्यक्तिगत खुसीका लागि गरेका रमाईका कामको चर्चा गर्नेछौ ।

फ्रांक लाम्पार्ड

इंग्ल्याण्डका पूर्व खेलाडी लाम्पार्डले प्रशिक्षकका रुपमा सम्हालेको पहिलो क्लव दोस्रो डिभिजनको डर्वी काउन्टि हो । उनले च्याम्पियनसिपको सेमिफाइनल खेल जितेपछि सबै खेलाडीलाई एउटा पबमा लगेर एक मुष्ट तीन हजार आठ सय पाउण्ड खर्च गरेर एक राउण्ड बियर खरिद गरेका थिए ।

उनले टिमका सबै सदस्यलाई त्यो बियर एकै साथ एकै पटक खानुपर्ने सर्त राखेका थिए । जसमा खेलाडीले पनि प्रशिक्षकको सर्तलाई मान्दै सट हानेका थिए ।

क्रिस्टियानो रोनाल्डो

रोनाल्डो आफै भने मदिरा सेवन गर्दैनन् । तर उनले आफ्ना साथीका लागि भने विश्व कै सबै भन्दा महंगो वाइन किनेर दिएका थिए । त्यो वाईनको एक बोटलको ३५ हजार डलर पर्ने गर्छ, त्यो वाईन उनले साथीहरुलाई पाँच बोटल किनेर खुवाएका थिए ।

उनले साथीहरुलाई दिएको पार्टिमा त्यो वाइनको प्रयोग गरेका थिए । त्यो वाईन खानेमा उनकी प्रेमिका पनि थिइन ।

सामुयल इटो

बार्सिलोनाका पूर्व स्ट्राइकर सामुयल इटोले आफुलाई मनपर्ने एउटा ज्याकेट ७३ हजार डलरमा खरिद गरेका थिए । इटोले गोहीको छालाको ज्याकेट त्यति धेरै महंगो रकममा खरिद गरेका हुन ।

उनले गोहीको छालाको ज्याकेट लगाएर पियानो बजाएको भिडियो भाइरल समेत भएको थियो । उनले त्यो ज्याकेट खरिदका लागि केहि महिना कुर्नुपरेको थियो ।

वायन रुनी

इंग्ल्याण्ड फुटबलर रुनीले गल्फ खेल्ने सोख पनि राख्छन, उनले गल्फको मैदानमा राखिने दुबो आफ्नो गार्डेनमा राखेका थिए । त्यसका लागि उनले ७७ हजार अमेरीकी डलर खर्च गरेका थिए ।

यतिमात्र होइन, उनले त्यसका लागि पनि बिशेष गार्डनरपनि राखेका थिए ।

यस्तै उनको अर्को अनौठो काम घोडा खरिदमा रहेको छ । हर्षराइडिङमा निकै सोख भएका रुनीले रेसमा भाग लिने एउटा घोडालाई १ लाख १५ हजार डलरमा खरिद गरेका थिए ।

उनले त्यस्ता तीन वटा घोडा खरिद गरेका थिए । अहिले ती घोडाको मुल्य मात्र सात हजार डलर रहेको छ । उनले यो काम आफ्नो सोख पुरा गर्नका लागि गरेको बताएका छन ।

डेविड बेकह्याम

इंग्ल्याण्डका पूर्व कप्तान तथा फ्रिकिक स्पेसल डेविड बेक्ह्यामले खेलाडी जीवनमा गरेको अनौठो काम एउटा पुरै आइल्याण्ड नै भाडामा लिनु हो ।

उनले आफ्नो विवाह भब्य रुपमा हो भन्ने चाहन्थे । भिक्टोरीयासँगको विहेलाई विशेष बनाउने उनले एक लाख ३६ हजार डलरमा आइल्याण्डलाई भाडामा लिएका थिए । बेकह्यामसँग आफ्नो हेलिकप्टरपनि रहेको छ । उनले त्यहाँ जानका लागि र पाहुना ओसार्नका लागि त्यहि हेलिकप्टर र ठुलो सिपको प्रयोग गरेका थिए ।

ग्यारेथ बेल

वेल्स तथा रियाल मड्रिडका खेलाडी ग्यारेज बेलले आफ्नी श्रीमतीलाई विहे गर्नका लागि प्रपोज गर्न एउटा सिंगो आइल्याण्ड नै भाडामा लिएका थिए ।

उनले बेलियारीक आइल्याण्डलाई ५ लाख ३० हजार डलरमा भाडामा लिएका थिए । जहाँ उनले त्यो बेला प्रेमिकालाई विहेका लागि प्रस्ताव गरेका थिए ।

लियोनल मेस्सी

लियोनल मेस्सी शान्त मनपराउने मानिस हुन । जसका कारण बार्सिलोनाका खेलाडी मेस्सीले आफु बस्ने वरपर सबै घरहरु किनेका छन । उनले बार्सिलोनामा सुरुमा खरिद गरेको घर वरपर अरुपनि घर थिए, तर उनले आफु र आफ्नो परिवारलाई शान्त र पापाराजीबाट बच्नका लागि छिमेकीका घरपनि खरिद गरेका छन ।

त्यसका लागि उनले खर्च गरेको रकम भने खुलाइएको छैन । तर त्यसको मुख्य कारण आफु आनन्दले बस्न पाइयोस भन्ने रहेको छ ।

ज्लाटन इब्राहिमोविच

स्विडेनका यी पूर्व खेलाडी माछा मार्ने र हन्टिङमा निकै सोखिन छन । यसका लागि उनले एउटा सुविधासम्पन्न याच खरिद गरेका छन । जसका लागि उनले तीन लाख डलर खर्च गरेका छन ।

यतिमात्र होइन उनले हन्टिङका लागि आइल्याण्ड अफ डाभेन्सोलाई नै किनेका छन । अहिलेपनि उनी त्यो आइल्याण्डमा साथीहरुसँग गएर माछा मार्ने र जनावर हन्टिङ गर्ने गरेको बताइएको छ ।

नेयमार

ब्राजिलियन स्ट्राइकर तथा बार्सिलोनाका पूर्व र पीएसजीका खेलाडी नेयमारले आफ्नो चाहना पुरा गर्नका लागि सन् २०१२ मा ८२ लाख डलरमा सुविधासम्पन्न २५ यार्ड लामो याच खरिद गरेका थिए ।

यो याचको नाम उनले आफ्नी आमाका लागि समर्पित गरेका थिए । जसको नाम नै आमाको नामबाट राखेका थिए । उनले यो याचको नाम नदिना राखेका थिए ।

Post Add 1025X115
Loading...