अहिलेका ७ सुपरस्टार फुटबलरका आइडल को ?

0

आफ्नो करियरमा कुनैपनि फुटबलर अर्को स्टार फुटबलरबाट प्रभावित हुने गरेका छन । यस्तैमा अहिले विश्वमा चर्चामा रहेका सात सुपरस्टार फुटबल जो हाफै कोहि न कोहिको आइडल रहेका छन । उनीहरुका आइडल को हुन त, जानौं ।

लियोनल मेस्सी

विश्वका उत्कृष्ट खेलाडी लियोनल मेस्सी धेरैको आइडल रहेका छन । उनलाई फलो गरेर फुटबलमा लाग्ने धेरै खेलाडी छन । तर मेस्सीको आइडल को हुन, जसको खेल हेरेर उनले फुटबल खेल्न प्रभावित भए ।

मेस्सीका अनुसार बाल्यकालमा पाब्लो अइमार उनको आइडल रहेको बताउछन । आइमार भ्यालेन्सिया, बेनफिका र रिभरप्लेटका लेजेन्ड्रि खेलाडी हुन । उनको खेल हेर्नका लागि मेस्सी बाल्यकालमा निकै आतुर हुन्थे । उनले राष्ट्रिय टिमका लागि ठुलो उपाधि नजितेपनि आफ्नो खेलका कारण निकै चर्चामा रहेका थिए ।

मेस्सी डिएगो म्याराडोनाका पनि ठुला फ्यान हुन । अर्जेन्टिनी खेलाडी भएको नाताले म्याराडोनाप्रति आफ्नो ठुलो सम्मान रहेको बताएका थिए । यसका साथै उनले बाल्यकालमा रोनाल्डिन्होको पनि फ्यान रहेको बताएका थिए ।

क्रिस्टियानो रोनाल्डो

देशका लागि एक सय गोल पुरा गर्ने पहिलो युरोपियन खेलाडी तथा विश्वको दोस्रो खेलाडी बनेका रोनाल्डोको बाल्यकालको आइडलका रुपमा लुइस फिगो रहेको बताएका छन ।

अरु बेला आफुले आफैलाई प्रभावित गरेको बताउने रोनाल्डो फिगोको ठुलो फ्यान रहेको बताउछन । बाल्यकालमा उनी फिगो जस्तै बन्न चाहेको बताएका थिए । उनले लगाएको सात नम्वर जर्सी रोनाल्डोले अहिले लगाउछन । जुन उनको सपना थियो ।

दुबै खेलाडी राष्ट्रिय टिमका लागि उत्कृष्ट खेलाडी हुन । अहिलेको अवस्थामा रोनाल्डोले फिगोलाई पछि पारेका छन । तर रोनाल्डोले पोर्चुगलका लागि उत्कृष्ट खेलाडी हुनु त्यति सजिलो नभएको बताएका छन । साथै उनले पोर्चुगलका लागि सर्वकालिन महान खेलाडी बन्ने चाहना रहेको बताउछन ।

केलियन एम्बाप्पे

फ्रान्सका खेलाडी एम्बाप्पे बाल्यकालमा आफ्नो कोठामा रोनाल्डोको तस्विर र पोष्टहरु सजाएको समाचार बाहिरीएका थिए । तर अहिले रोनाल्डो उनको विपक्षी रहेको बताउछन । तर पनि उनी रोनाल्डो र मेस्सी प्रति ठुलो सम्मा रहेको बताउछन ।

भविष्यमा स्टार खेलाडी मानिएका एम्बाप्पेपनि युवा पुस्तामा सर्वाधिक महंगा र मुल्यवान खेलाडीका रुपमा रहेका छन ।

इडेन हाजार्ड

बेल्जियन खेलाडी हाजार्डको मनपर्ने खेलाडी जिनेदिन जिदान रहेको बताउछन । उनले पत्रकार सम्मेलनमा नै जिदानको स्तर अरुको भन्दा फरक रहेको बताएका थिए ।

उनले जिदानको प्रशिक्षणमा खेल्ने सपना रहेको एक समय बताएका थिए । जुन उनको पुरा भएको छ । जिदान रियालको प्रशिक्षक हुँदा एक सिजन अगाडी उनी जिदानको टिममा गएका थिए ।

नेयमार

ब्राजिलका कप्तान तथा बार्सिलोनाका पूर्व खेलाडी नेयमार अहिले उत्कृष्ट ड्रिब्लर भनेर चिनिन्छन । विश्वको महंगो रकम लिएर क्लव परिवर्तन गरेका नेयमारले पीएसजीमा जाँदा हंगामा मच्चिएका थियो ।

तिनै नेयमारको आइडल खेलाडी रोबिन्हो हुन । सानो उमेरमा नै रियाल मड्रिडबाट खेल्न पाएका रोबिन्हो ब्राजिलियन क्लवको आइडल थिए । उनको खेल हेरेर नै नेयमार हुर्किएका थिए ।

ज्लाटन इब्राहिमोविच

स्विडिस खेलाडी ज्लाटनले एक समय भनेका थिए, आफ्नो खेलाडी जीवनमा एक जनाको प्रभावि निकै रहेको छ, उनले त्यो बेला नाम भने लिएका थिएनन् । कतिपयले उनको त्यो भनाईमा आफुलाई ऐना अगाडी उभ्याएर भनेको त होइन भनेर पनि टिप्पणी गरेका थिए ।

तर ज्लाटनले ब्राजिलियन खेलाडी रोनाल्डोको खेल निकै कम पराउथे । उनले युवा खेलाडी हुँदा रोनाल्डोको खेल हेरेर उनीजस्तै बन्न पाए हुन्थ्यो, भनेर सोच्ने गरेका थिए ।

हुनपनि ज्लाटनले विश्वका उत्कृष्ट क्लवबाट खेले र अझैपनि बढ्दो उमेरमा एसी मिलानबाट खेलिरहेका छन ।

हालाण्ड

नर्वेजियन खेलाडी हालाण्डको जीवनमा दुई खेलाडीले निकै प्रभावित पारेका छन । त्यसका एक ज्लाटन र अर्को क्रिस्टियानो रोनाल्डो ।
यसमा यसलाई यसरी पनि इक्वेसन मिलाउन सकिन्छ, फिगोबाट प्रभावित रोनाल्डोको प्रभाव हालाण्डमा परेको देखिएको छ भने रोनाल्डोबाट प्रभावित ज्लाटनले हालाण्डलाई प्रभावित पारेका छन ।

यी त थिए अहिलेका सुपर स्टार खेलाडी जो कोहि न कोहिबाट प्रभावित थिए ।

 

Post Add 1025X115
Loading...