नेपाली क्रिकेटर र उनीहरूसँग आबद्ध कम्पनीहरु ?

0

नेपाल क्रिकेट संघ क्यान निलम्बन भएपछि नेपाल क्रिकेट संघ क्यानका सबै प्रायोजकहरु बाहिरीएका थिए । जुन अहिलेसम्म पनि कायमै रहेको छ । तर यो विचमा राष्ट्रिय टिमका स्टार खेलाडीसँग भने विभिन्न कम्पनीको साथ रह्यो, ब्यक्तिगत रुपमा ।

नेपालमा नाम चलेका क्रिकेटर पारस खड्का, सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी जस्ता खेलाडी विभिन्न कम्पनीमा अनुबन्ध भएका थिए । जसबाफत उनीहरुले केहि रकम पनि पाउने गरेका छन ।

त्यसमा केहि खेलाडीको अझै विभिन्न कम्पनीसँग सम्झौता बाँकी नै छ भने केहिको सकिएको छ ।

आज हामी तीन नेपाली क्रिकेटर जसको धेरै कम्पनीसँग सम्झौता रहेको छ उनीहरुको बारेमा चर्चा गर्नेछौ । को को हुन त ती तीन क्रिकेटहरु ।

१. पारस खड्का

नेपाली राष्ट्रिय क्रिकेट टिमका सर्वाधिक सफल कप्तान अझ भनौं विश्वकप खेलिसकेका कप्तान पारस खड्काको क्रेज नेपालमा जति छ, त्यो निकै लोभलाग्दो रहेको छ । शारिरीक बनावटले पनि खेलाडी नै हुनुपर्ने देखिने पारसले १० बर्ष राष्ट्रिय टिमको कप्तानी गर्दा नेपाली क्रिकेटले धरै उपलब्धि हात पार्यो । जुन सोच्दापनि अचम्म लाग्नसक्न । डिभिजन पाँच देखि एकदिवसिय मान्यता र टी २० विश्वकपमा कप्तानी गरेका पारससँ अहिले झण्डै आधा दर्जन कम्पनी एसोसियट छन ।

पारससँग अहिले भएका कम्पनीहरुमा नेपाल टेलिकम, म्याजिक सुज, फोनिक्स कलेज (एमबीए कार्यक्रमको एम्बेस्डर), ह्वाइट हाउस, मंगलम पाईप, रुस्लान, फोनपे, नेशनल लाइफ इन्सरेन्स, महिन्द्रा (अग्नि कर्पोरेसन) रहेका छन । यो बाहेक उनको सेन्चुरी बैंकसँगको सम्झौता सकिएको छ भने अरु केहि कम्पनीको पनि उनी एम्बेस्डर रहेका थिए । जसमा कारबन माेबाइल, डीसीनेपाल अनलाइन, एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेस, माेडल ग्लाेबल भिषा सर्भिस, कलश सिमेन्ट रहेका थिए ।

२. सन्दिप लामिछाने

नेपाली क्रिकेटका युवा स्टार र विदेशी फ्रेन्चाइजी लिगका क्रिकेटर सन्दिप लामिछानेको चर्चा यतिबेला विश्वभर नै रहेको छ । विश्वका सबै फ्रेन्चाइजी क्रिकेट लिग खेलेका सन्दिपले क्रिकेट खेलेर नै वल्र्डटुर गरेको पनि भनिन्छ ।

अघिल्लो सातामात्र क्यारेवियन प्रिमियर लिग खेलेका सन्दिपले त्यो प्रतियोगिताबाट एक करोड भन्दा बढि रुपैयाँ हात पारेका थिए । सन्दिपले फ्रेन्चाइजी क्रिकेटबाट नै छोटो समयमा नाम, दाम र उचाई पाएका हुन ।

क्रिकेट खेलेर नै छोटो समयमा करोडपति भएका खेलाडी भनेर पनि उनको चर्चा हुने गर्छ । तिनै सन्दिपसँग विभिन्न मल्टिनेश्नल कम्पनीहरु पनि आबद्ध रहेका छन ।

यस्तैमा सन्दिपसँग आधा दर्जन ब्राण्डहरु एसोसियट छन । जसमा टाटा मोटर्स, जेभियर इन्टर नेश्नल कलेज, डेनिम एण्ड डेभिल्स, सुट्स द्याट फिट, अमेरीकन टुरिस्टर, डीएससी कम्पनी रहेका छन ।

यो भन्दा अगाडी उनीसँग योगी सर्टिङ सुटिङ, एनसेल, सानीमा बैंक रहेको थियो । उनीहरुसँगको सम्झौता सकिएको छ ।

३. ज्ञानेन्द्र मल्ल

हाल राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसँग पनि चार वटा कम्पनी एसोसियट छन । जसमा टाटा मोटर्स, सिटिजन बैंक, रुस्लान, कोशी कलेज रहेका छन । यो सँगै उनीसँग इसेवा पनि रहेको थियो । तर त्यसको सम्झौता सकिएको छ ।

मल्लसँग रेनेगेड मोटसाइकलपनि कुनैबेला आबद्द थियो । उसँगको सम्झौतापनि सकिएको छ ।

यसका साथै राष्ट्रिय टिमका अरु खेलाडीमा शरद भेषवाकरसँग ड्याट्सन गो, नेपाल बंगलादेश बैंक र रुस्लान आबद्द भएका थिए । यस्तै बसन्त रेग्मीसँग रुस्लान र नेपाल बंगलादेश बैंक थिए भने दिपेन्द्रसिंह ऐरीसँग ग्लोबल आइएमई बैंक एसोसियट थियो ।

राजु रिजाल, प्रेम तामाङले एनआइसी एसियाले प्रायोजन गरेको थियो भने सुनील धमला र आरिफ शेखलाई सिप्रदी ग्रुपले प्रायोजन गरेको थियो । यस्तै करण केसी, सोमपाल कामी, पवन सराफसँग क्रिकेट सामाग्री उत्पादन कम्पनी आरआरको साथ रहेको छ ।  नेपाली क्रिकेटरलाई विभिन्न कम्पनीले आफ्नो ब्राण्डसँग आबद्ध गर्नु ब्यवसायीकता तर्फ अघि बढ्ने प्रक्रियामा सकारात्मक कदम हो ।

Post Add 1025X115
Loading...