याे सिजनकाे आइपीएलमा बिक्रि नभएका ५ स्टार क्रिकेटर

0

विश्व फ्रेन्चाइजी क्रिकेट लिगमा सर्वाधिक चर्चा र रुचाइएको प्रतियोगिता हो इन्डियन प्रिमियर लिगमा । यो प्रतियोगिता खेल्नका लागि जो कोहि खेलाडीपनि लालायित हुन्छन । हरेक बर्ष जब आइपीएलको अक्सन हुन्छ, त्यसमा सयौं खेलाडीले नाम दर्ता गर्छन, तर त्यो दर्ता हुने खेलाडीमा केहिले मात्र आइपीएलमा छनोट हुने मौका पाउछन ।

आइपीएलले गरिव खेलाडीलाई पनि रातारात करोडपति बनाएको धेरै उदाहरण छन । यतिमात्र होइन भारतीय क्रिकेटरलाई आइपीएलले राष्ट्रिय टिमसम्म पुर्याउने बाटो पनि बनाएको छ । कहिलेकाहि आइपीएलमा छनोट नभएको भन्दै आत्महत्या गरेको समाचारपनि सुनेका छौ ।

१३ संस्करणसम्म आइपुग्दा आइपीएलले धेरै स्टार खेलाडी जन्माएको छ । तर रहेक संस्करणमा नाम चलेका खेलाडी पनि विक्रि भएका छैनन् । आज हामी यो सिजनको आइपीएलमा विक्रि नभएको पाँच जना स्टार क्रिकेटरका बारेका कुरा गर्नेछौ ।

१. युसुफ पठान

आइपीएलको पहिलो सिजनबाट नै युसुफ पठानको नाम आइपीएलमा चर्चामा रहेको छ । विस्फोटक ब्याटिङ गर्न सक्ने खेलाडी मानिएका युसुफले यहि प्रतियोगिताका आधारमा राष्ट्रिय टिममा पनि स्थान बनाएका थिए । उनी एक राम्रो फिनिसर भनेर पनि मानिन्छन ।

उनले आइपीएलमा खेलेका १७४ खेलमा तीन हजार दुई सय चार रन बनाएका छन । यसका साथै उनले ४२ विकेट लिएका छन । १२ बर्षको आइपीएलको यात्रामा उनले १५८ छक्का प्रहार गरेका छन । सन् २०१२ र २०१४ को सिजनमा कोलकाताबाट खेल्दा उनले निकै ठुलो योगदान दिएका थिए । यसका साथै उनले हैदरावादबाट खेल्दा पनि निकै राम्रो प्रदर्शन गरेका थिए ।

तर उनी अक्सनको अगाडी यो बर्ष रिलिज गरिए । जसका कारण उनलाई २०२० को सिजनका लागि कुनैपनि खेलाडीले खरिद गरेनन् । ३७ बर्षे पठानको बढ्दा उमेरका कारणपनि प्रदर्शन कम भएको बताइएको छ ।

२. इभिन लुइस

लुइसले गतसाता सम्पन्न क्यारेवियन प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका थिए । तर यो सिजनका आइपीएलमा भने उनी मैदानमा देखिने छैनन् । क्यारेवियन प्रिमियर लिगमा पावर हिटरका रुपमा रहेका लुइसले २०२० को आइपीएल गुमाउने भएका छन । उनले आइपीए खेल्दा १६ खेलमा ४३० रन बनाएका छन ।

उनी मिडिल अडरमा र ओपनिङमा निकै राम्रो खेल्ने खेलाडी हुन । तर यो सिजनका आइपीएलमा उनी कुनै टिममा विक्रि भएनन् ।

३. मार्टिन गुप्टिल

न्यूजिल्याण्डका ओपनर रहिसकेका गुप्टिलले आइपीएलमा भने राम्रो प्रभाव बनाउन सकेनन् । उनले आइपीएलका १३ खेल खेल्दा मात्र २७० रन बनाएका छन । उनले जुन टिमबाट खेलेपनि राम्रो प्रभाव जमाउन नसकेपछि यो सिजनमा कुनै टिमले खरिद गरेनन् ।

४. टिम साउदी

न्यूजिल्याण्डका बलर टिम साउदीपनि यो सिजनको आइपीएलमा देखिने छैनन् । सन् २०१२ र २०१३ मो सिजनमा उनी आइपीएल नखेलेपनि राष्ट्रिय टिमका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

त्यसपछि उनले आइपीएलमा छनोट हुँदै उत्कृष्ट खेलेका थिए । उनले आइपीएलमा २८ विकेट लिनुका साथै ११५ रन बनाएका छन ।

५. कार्लोेस ब्रेथवेट

वेष्ट इन्डिज क्रिकेट टिमलाई टी २० विश्वकपको उपाधि दिलाउँदा नायक बनेका कार्लोृस यो सिजनमा आइपीएलमा नदेखिने पाँचौ स्टार क्रिकेटर हुन । सीपीएलमा राम्रो प्रदर्शन गरेका कार्लोसले आइपीएलमा अहिलेसम्म १६ खेल खेलेका छन । जसमा एक सय ८१ रन बनाएका छन भने १३ विकेट लिएका छन ।

यसअघि पनि उनी सन् २०१२ र २०१३ को सिजनमा विक्रि हुन सकेका थिएनन् । तर पछि उनले सोलिड प्रदर्शन गर्दै आइपीएलमा प्रवेश पाएका थिए । तर यो सिजनमा उनिमाथि कुनैपनि टिमले चाहना राखेनन् ।

Post Add 1025X115
Loading...