खेलकुद पत्रकार मञ्चको ‘सिल्भर जुब्ली’ कोरोनाले प्रभावित

0

काठमाडौं । नेपाली खेलकुद पत्रकारहरुको छाता संस्था नेपाल खेलकुद पत्रकार मञ्चले २५ औं स्थापना दिवस मनाएको छ । कोरोना भाइरसको महामारीका कारण भौतिक रुपमा स्थापना दिवस मनाउन नसकिए पनि अनौपचारिक रुपमा मनाइएको छ ।

स्थापना दिवसका अबसरमा अध्यक्ष दुर्गानाथ सुवेदी ‘देवेन्द्र’ले शनिबार एक विज्ञप्ति जारी गरी सम्पूर्ण विश्व अहिले कोभिड (१९ को महामारी विरुद्ध संघर्ष गरिरहेको विषम परिस्थितिमासम्पूर्ण सदस्य साथीहरुमा स्वस्थ र सुरक्षित रही पेशाको प्रकृती अनुसार फिल्डमा खटिनुपर्ने हुनाले स्वास्थ्य प्रति सजग रहन आग्रह गरेका छन् ।

यस विचमा मञ्चका महासचिव प्रज्ज्वल ओलीले विश्व खेलकुद पत्रकार महासंघ AIPS द्वारा हरेक वर्ष प्रदान गर्ने एआइपीएस अवार्ड अन्तर्गत ‘वेष्ट कोलमिष्ट अवार्ड’ को विजेता बन्दा समग्र नेपाली खेलकुद पत्रकारिताले गौरवको अनुभूति गरेको पनि अध्यक्ष सुवेदीले स्मरण गरेका छन् ।

आज मञ्चले आफ्नो ‘सिल्भर जुब्ली’ वर्ष अत्यन्तै भब्यताका साथ मनाउने योजना बनाएकोमा कोरोना भाइरसका कारण सम्भव नभएको पनि उल्लेख गरेका छन् ।

संक्रमणको जोखिमका कारण यो वर्ष मञ्चका हरेक कार्यक्रमहरु प्रभावित हुंदै गएका बताउँदै हरेक वर्ष आयोजना गर्ने गरेको पिकनिक, वार्षिक साधारण सभा, पल्सर स्पोर्टस् अवार्डहरु परिस्थिति अनुकुल भएपछि गर्दै जाने प्रतिबद्धता पनि जनाएका छन् ।  उनले पल्सर स्पोर्टस् अवार्ड कार्यक्रम भने आयोजना गर्न तयारीमा मञ्च जुटिसकेको बताउँदै यस वर्षको अवार्ड ‘भर्चुअल’ हुने पनि जनाएका छन् ।

कोरोना भाइरस संक्रमणको चपेटामा खेल पत्रकार पनि नराम्रो संग प्रभावित भएको उल्लेख गर्दै कतिपयले यो बेला जागिर गुमाइसकेको केहीले निकै थोरै तलबमा काम गर्नु परिरहेको अवस्थामा एक आपसमा सक्दो सहयोगको आदान प्रदान गर्न पनि आह्वान गरेका छन् ।

Post Add 1025X115
Loading...