मानेलाई लिभरपुलमा ल्याउन ४४ मिनेटमा ‘कन्भिन्स’ भएका क्लाेप !

0

विश्व फुटबलमा साडियो मानेको नाम अहिले नचिन्ने सायदै कमै होलान । उनको चर्चा लिभरपुलमा आएपछि झन धेरै भएको थियो । योर्गेन क्लोपको प्रशिक्षणमा एनफिल्डमा आउनु भन्दा अगाडी मानेले क्लोपलाई ४४ मिनेटमा आफुल लिभरपुल आउन लायक रहेको खेलाडी रहेको भनेर प्रमाणित गरेका थिए ।

आखिर के थियो त्यो ?

२०१६ मार्च २० तारिखमा त्यो बेला साडियो माने साउथह्याम्टनबाट खेल्थे । लिभरपुलको प्रशिक्षकका रुपमा योर्गेन क्लोप रहेका थिए । खेल थियो, लिभरपुलविरुद्ध साउथह्याम्टन ।

त्यो खेलमा लिभरपुल पहिलो हाफसम्म दुई शुन्यले अगाडी थियो । लिभरपुल सहजै जित्छ भन्ने धेरैको अनुमान थियो । साउथह्याम्टनका स्ट्राइकर साडीयो माने बेन्च रहेका थिए । हाल बार्सिलोनामा गएका रोनाल्ड कोम्यानले आफ्नो अन्तिम कार्ड प्रयोग गरे । जुन तुरुपको एक्का सावित भयो । कोम्यानले पहिलो हाफमा मानेलाई मैदानमा उतारे ।

खेलको ४६ औं मिनेटमा मानेलाई मैदानमा उतारेपछि खेलको नतिजा नै फरक पर्यो । दुई शुन्यले अगाडी रहेको लिभरपुल अन्तिममा तीन शुन्यले पराजित भयो ।

त्यो बेला मानेले साउथह्याम्टनबाट ४४ मिनेट मैदानमा खेलेका थिए । त्यति समयमा उनले क्लोपलाई आफ्नो क्षमता देखाए । त्यो खेलले उनको भविष्य नै परिवर्तन गरिदियो । साउथह्याम्टन र लिभरपुलको त्यो खेल उनकालागि एैतिहासिक बनेको थियो । त्यसका नायक बनेका मानेमाथि लिभरपुलले चाँसो देखायो । त्यसको केहि दिनमा नै मानेको एजेन्टलाई क्लोपले सम्पर्क गर्यो । लिभरपुलसँगको सम्झौता मिलेपछि केहि सातामा साउथह्याम्टनबाट ४८ मिलियन अमेरीकी डलरमा अनुबन्ध गर्यो ।

मानेलाई अनुबन्ध गरेपछि क्लोपले भनेका थिए, उनलाई टिममा ल्याउनु निकै राम्रो मुभ भएको र उनले पनि आफुसँग खेल्ने चाहना राखेको र मैले पनि मानेलाई टिममा ल्याउने इच्छा पुरा भएको बताएका थिए ।

माने लिभरपुलमा आएपछि अर्को सिजनको सुरुवातमा क्लोपले भनेका थिए, मानेले लिभरपुलविरुद्ध ४४ मिनेटमा देखाएको क्षमताले आफु प्रभावित भएको र उनलाई आफ्नो टिममा ल्याउन प्रेरित गरेको बताए ।

त्यसमा उनले थपेका थिए– साडियो माने उत्कृष्ट खेलाडी रहेको, उनको स्किलपनि निकै उत्कृष्ट रहेको, वन भर्सेस वनको अवस्थामा पनि राम्रो फिनिस गर्न सक्ने खेलाडी रहेको, त्यसैले सबैले लिभरपुलको खेल हेर्न आवश्यक रहेको छ ।

यो भनाई योर्गेन क्लोपको २०१६ को जुन २८ तारिखपछि भनेको भनाई हो । उनको यो भनाई जब साडीयो मानेलाई लिभरपुलले अनुबन्ध गरेपछिको भनाई थियो ।

त्यसपछि मानेको खेलमात्र होइन उनको स्तरपनि निकै शिर्ष लयमा रहेको छ । पछिल्लो पटक मानेलाई भित्र्याउन रियालले पनि चाहना गरिरहेको भनाई बाहिर आएको छ ।

Post Add 1025X115
Loading...