याे सिजनकाे आईपीएलमा प्रशिक्षकहरुकाे कमाई कति ?

0

एजेन्सी | 

Advertisement
विश्व फ्रेन्चाइजी लिगमा सर्वाधिक चर्चित र मोष्ट सेलिब्रेटेड लिगमा पर्छ इन्डियन प्रिमियर लिग । लामो समयको अन्योलपछि आइपीएल यूएईमा हुने निश्चित छ । जसका लागि सबै टिमहरु यूएईमा पुगेका छन र तयारी पनि सुरु गरिसकेका छन ।

यसपटक आइपीएलमा पहिलो पटक दर्शकविना नै खेलहरु हुने भएका छन । जब जब यो प्रतियोगिता सुरु हुने संघारमा आउछ, तब विश्व क्रिकेटमा नै यसको ठुलो चर्चा हुने गरेको छ । सबैको ध्यान खेलाडीमा बढिहुन्छ । तर प्रशिक्षकको भने त्यति चर्चा हुँदैन ।

आज हामी आइपीएलमा सहभागि ८ प्रशिक्षक, जसले एक सिजनको कति तलव पाउछन भन्ने विषयमा चर्चा गर्नेछौ ।
यो बर्ष आइपीएलका आठ टिमका प्रशिक्षकमा चर्चित पूर्व खेलाडीहरु छन । सुरु गरौ कुन टिमको प्रशिक्षकको तलव कति छ ।

८.महेला जायवर्दने

श्रीलंकन लेजेन्ड्रि पूर्व क्रिकेटर जयावर्दने मुम्बई इन्डियन्स टिमको प्रशिक्षक हुन । पहिलो मुम्बईबाट नै खेलेका उनले यो बर्ष २ करोड २५ लाख भारतीय रुपैयाँ तलव पाउनेछन ।

७‍. ट्रेभोर बेलिस

प्रशिक्षणमा निकै अनुभव बटुलिसकेका ५७ बर्षे ट्रेभोर सन राइजर्स हैदरावादको प्रशिक्षक हुन । उनले भारत, अष्ट्रेलिया, पाकिस्तान, बंगलादेश, इंग्ल्याण्ड जस्ता देशको प्रशिक्षक बनिसकेका छन ।

यतिमात्र होइन उनले आइपीएलमा कोलकाता नाइट राइडर्सको पनि प्रशिक्षण गरिसकेका छन । उनको प्रशिक्षणमा कोलकाताले २०१४ मा आइपीएलको उपाधि पनि जितेको थियो । उनले यो बर्ष दुई करोड २५ लाख भारतीय रुपैयाँ पाउनेछन ।

६. स्टेफेन फ्लेमिङ

न्यूजिल्याण्डका सफल कप्तान तथा सर्वाधिक रन बनाउने खेलाडी रहिसकेका फ्लेमिङ चेन्नेई सुपर किंग्सको प्रशिक्षक हुन । उनको प्रशिक्षणमा यसअघि पनि चेन्नेईले निकै राम्रो नतिजा निकालेको थियो ।

साविक उपविजेता बनेको चेन्नेईको प्रशिक्षक फ्लेमिङले यो बर्षका लागि टिमबाट तीन करोड ४० लाख भारतीय रुपैयाँ तलव पाउनेछन । उनको सम्झौता यहि बर्षका लागि मात्र रहेको छ ।

५. ब्रेन्डन म्याक्कुलम

भारतीय अभिनेता शाहरुख खानको लगानी रहेको कोलकाता नाइटराइर्डले अघिल्लो बर्षमात्र आफ्ना प्रशिक्षक परिवर्तन गरेको हो । उनकै लगानी रहेको ट्रिनबागो नाइटराइडर्सको उपाधि जिताइसकेका म्याक्कुलमले अब आइपीएलमा पनि कोलकातालाई उपाधिको लक्ष्य राखेका छन ।

कोलकाताले म्याक्कुलमलाई यो बर्ष ३ करोड ४० लाख भारतीय रुपैयाँ तलव दिनेछ । कोलकाताकै पूर्व खेलाडी तथा न्यूजिल्याण्डका पूर्व कप्तान म्याक्कुलमको टिमसँग २०२० को सिजनका लागि सम्झौता रहेको छ ।

४. रिकी पोन्टिङ

अष्ट्रेलियन क्रिकेट टिमका सफल पूर्व कप्तान पोन्टिङले दिल्लीलाई प्रशिक्षण दिन थालेको लगातार तीन बर्ष हुँदैछ । सन्दिप लामिछाने खेल्ने टिम दिल्लीका प्रशिक्षक पोन्टिङको तलव तीन करोड ४० लाख रुपैयाँ रहेको छ । उनले पनि टिमसँग हरेक बर्ष सम्झौता नविकरण गर्ने गरेका छन ।

३. एन्ड्रु म्याकडोनाल्ड

अष्ट्रेलियन क्रिकेट टिमका पूर्व खेलाडी तथा हाल राष्ट्रिय टिमका सहायक प्रशिक्षक एन्र्डुले आइपीएलमा राजस्थान रोयल्र्सको प्रशिक्षण हेरिरहेका छन ।

उनी आइपीएलमा राजस्थान भन्दा अगाडी बैंग्लोरको प्रशिक्षक थिए । सन् २०१२ र २०१३ को सिजनमा बैंग्लोरको प्रशिक्षण गरेका उनले त्यसपछि बिग ब्यास लिगमा सिड्नी थन्डर्सको प्रशिक्षण गरेको थिए ।

२०२० का लागि उनी राजस्थानको प्रशिक्षणका रुपमा अनुबन्ध भएका छन । एक बर्षे सम्झौतामा उनले तीन करोड ४० लाख भारतीय रुपैयाँ पाउनेछन ।

२. सिमोन काटिच

अष्ट्रेलियन पूर्व खेलाडी तथा प्रशिक्षक काटिचले आइपीएल पनि खेलेका थिए । उनले पञ्जावबाट एक समय क्रिकेट खेलेका खेलाडी हुन । उनी यो सिजनको आइपीएलमा रोयल च्यालेञ्जर्स बैंग्लोरको प्रशिक्षकका रुपमा रहेका छन ।

काटिचलाई बैंग्लोरले यो सिजनको मात्र चार करोड भारतीय रुपैयाँ तलव दिएको छ । उनी यो सिजनको सर्वाधिक महंगो प्रशिक्षक मध्येमा एक हुन । आइपीएलमा प्रशिक्षकको सम्झौता हरेक बर्ष परिवर्तन हने गर्छ । जसका कारण उनले टिमसँग एक बर्षको सम्झौता गरेका छन ।

१. अनिल कुम्ब्ले

भारतीय क्रिकेट टिमका पूर्व लेजेन्ड्री लेग स्पिनर तथा पूर्व प्रशिक्षक अनिल कुम्ब्लेले पञ्जाव टिमको प्रशिक्षक रहेका छन । उनी योबर्षको आइपीएलमा महंगो प्रशिक्षकमा एक हुन ।

प्रिति जिन्टा र नेश वाडियाको लगानी रहेको पञ्जावबाट कुम्ब्लेले चार करोड भारतीय रुपैयाँ हात पार्नेछन ।

यसरी यो सिजनको आइपीएलमा कुल आठ टिममा भारतका एक मात्र प्रशिक्षक रहेका छन भने अष्ट्रेलियाका तीन जना र न्युजिल्याण्डका दुई जना प्रशिक्षक रहेका छन ।

 

Post Add 1025X115
Loading...