लङ्का प्रिमियर लिगकाे अक्सनमा गेल देखि अफ्रिदीसम्म

0

श्रीलंकन क्रिकेट बोर्डको आयोजनामा हुन लागेको लंका प्रिमियर लिग क्रिकेटका लागि आइपीएल खेलिसकेका खेलाडीले अक्सनमा नाम दर्ता गरेका छन ।

Advertisement

जसमा क्रिस गेल, डारेन सामी, डारेन ब्राभो, साहिद अफ्रिदी, सकिब अल हसन, रबी भोपारा, कोलिन र्मुनो, भेरनन फिलान्डेर र मुनाफ पटेलको नाम रहेको छ ।

अक्टोबल एक तारिखमा हुने अक्सनमा पाँच टिमले एक सय ५० खेलाडी छनोट गर्नेछन । हरेक फ्रेन्चाइजी टिमले ६ जना विदेशी खेलाडी खरिद गर्न पाउनेछन । जसमा ३० अन्तराष्ट्रिय खेलाडी र ६५ स्थानीय खेलाडी अक्सनबाट विक्रि हुनेछन ।

हरेक टिममा १९ खेलाडी समावेश गर्न पाइनेछ । अहिलेको तालिका अनुसार यो प्रतियोगिता नोभेम्बर १४ बाट डिसेम्बर ६ तारिखमा हुनेछ । जसमा २३ खेल हुनेछन । प्रतियोगिता तीन मैदानमा हुनेछ ।

तर सरकाले यसको अनुमती र विदेशी खेलाडीको क्वारेन्टिनको ब्यवस्थाका बारेमा गर्न भने बाँकी रहेको छ । विदेशी खेलाडीका लागि १४ दिनको क्वारेन्टिन समय राख्नुपर्ने बताइएपनि पछि त्यसलाई सात दिनमा झानका लागि आग्रह गरिएको छ ।

 

Post Add 1025X115
Loading...