ला लिगाकाे नयाँ सिजनमा नजरमा हुने ५ नाम

0

नयाँ सिजनका लागि लिगा आजबाट सुरु हुँदैछ । नयाँ सिजनका लागि धेरै खेलाडी नभित्र्याएको र दर्शकको उपस्थिती अनिश्चित भइरहेका बेला ला लिगाले आजबाट आफ्नो नयाँ यात्रा सुरु गर्दैछ । यस्तैमा यो सिजनमा पनि उपाधिको प्रमुख दावेदार रियाल मड्रिडसँग बार्सिलोनाको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

नयाँ सिजनमा केहि खेलाडीको प्रदर्शनमा धेरैको नजर हुनेछ । आज हामी तिनै ५ जनाका बारेमा चर्चा गर्नेछौ ।

१. लियोनल मेस्सी

अघिल्लो सिजन सकिएपछि मेस्सीले बार्सिलोना छोड्ने तयारी गर्दा ठुलो चर्चा भएको थियो । तर अन्ततः उनले क्लवमा नै एक बर्षका लागि बस्ने निर्णय गरेपछि फेरी माहोल तातेको थियो ।

मेस्सी बस्ने भएपछि बार्सिलोनाको आशा फेरी बढेको छ । नयाँ प्रशिक्षक रोनाल्डा कोम्यानले मेस्सीलाई मुख्य केन्द्र बनाएर टिम तयार पार्ने भएका छन । लालिगामा मेस्सीको १७ औं र अन्तिम संस्करण हुनेछ । जसका कारण उनी हरेक खेलमा सबैको नजर हुनेछ ।

२‍ सर्जियो रामोस

रियालका डिफेन्डर सर्जियो रामोसको यो संस्करण ला लिगामा १५ औं हुनेछ । उनी लगातार दोस्रो सिजन ला लिगाको उपाधि क्लवलाई दिलाउन कप्तानी गर्नेछन ।

३४ बर्षे रामोसले यो सिजनमा रियालका लागि महत्वपुर्ण रोल खेल्ने अनुमान गरिएको छ ।

३ डिएगो सिमोन

एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनका लागि ला लिगा १० औं सिजन हुनेछ । उनी ला लिगाको उपाधिका लागि फेरी प्रतिस्पर्धामा उत्रिनेछन । लिग सुरु हुन भन्दा अगाडी उनले रियाल मड्रिड र बार्सिलोनालाई प्रतिस्पर्धा दिनसक्ने टिम तयार पारेको बताएका थिए ।

सिमोनको योजनामा उनको टिमपनि पुर्ण रुपमा तयार रहेको बताइएको छ । उनका खेलाडी जोओ फेलिक्स र लोस रोजिब्लानोकोसले यो सिजनमा नयाँ उचाई छुने अपेक्षा गरिएको छ ।

४ उनेई इमिरे

इमिरे भिल्ला रियालको नयाँ प्रशिक्षकका रुपमा ला लिगामा आएका छन । पीएसजी र आर्सनलको प्रशिक्षणपछि उनी भिल्ला रियालको प्रशिक्षणमा नियुक्त भएका छन ।

नयाँ चुनौतीमा उनी यो सिजनमा कसरी रणनिती बनाउछन भन्ने क्लवका समर्थकको चाँसो रहेको छ ।

५ डेविड सिल्भा

म्यानचेस्टर सिटीबाट रियाल सोसिडाडमा गएका ३४ बर्षे सिल्भामाथि क्लवले ठुुलो आशा गरेको छ । १० बर्ष सिटीमा विताएका सिल्भा फेरी ला लिगामा फर्किएका हुन ।

उनको आगमनले सोसिडाडले नयाँ सिजनमा राम्रो खेल प्रस्तुत गर्ने योजना बनाएको छ ।

 

Post Add 1025X115
Loading...