फुटबल गतिविधी शुन्य हुँदा ठूला भनिएका क्लव नै चपेटामा, न फुटबल न आम्दानी !

0

आर्थिक समस्या हुँदा विश्वमा धेरै चर्चित र पुराना क्लव धरासायी भएर बन्द नै भएका धेरै उदाहरण छन । नेपालमा पनि कुनै समय ए डिभिजन लिग खेलिसकेका क्लवले आर्थिक अवस्थाकै कारण केहि समय फुटबल नै छोडेका थिए । यस्तैमा रानिपोखरी कर्नर टिम र न्यूरोड टिम एनआरटी छन । त्यो भन्दा अगाडीपनि चर्चामा रहेका पुराना क्लवहरु पनि आर्थिक समस्याका कारण बन्द नै भएका थिए भने केहि आफ्नो अस्तित्व जोगाउनका लागि नै संघर्ष गरिरहेका छन ।

यस्तैमा पछिल्लो पटक जुन अवस्था नेपाली खेलकुदमा देखिएको छ, त्यसले यसैपनि आर्थिक समस्याबाट गर्जिरहेका क्लवलाई झन भुमरीमा पर्ने अवस्था आएको छ ।

नेपालका शिर्ष क्लव भनेर मनाङ मस्र्याङ्दी, थ्रीस्टार, पछिल्लो पटकको लिग च्याम्पियन मच्छिन्द्र, संकटा जस्ता क्लव आर्थिक समस्याबाट गुर्जिरहेका छन । नेपालमा तत्काल फुटबल सुरु हुने अवस्था छैन । अहिले क्लवसँग न त प्रायोजक छन, नत बैंकमा उल्लेख्य पैशा ।

नेपाली फुटबलको शीर्ष डिभिजनको लिग खेल्ने क्लबहरु सामान्य अवस्थामा पनि आर्थिक संकटसँग जुधिरहेका छन् । त्यसमाथि अर्बौ आम्दानी गर्ने युरोपका क्लबसमेत महामारीका कारण धराशयी बनेका बेला नेपालको स्थिति के होला ? क्लबहरुसँग ठूलो रकमका प्रायोजक छैनन् । आफ्नै आयस्रोत छैन । त्यसमा खेल गतिविधि नै शून्यछन । यसकाे प्रत्यक्ष मारमा फुटबल क्लव परेका छन ।

सहिद स्मारक ए डिभिजन लिगमा १४ क्लबले खेल्छन् । गत सिजन मच्छिन्द्रले डेढ करोड लगानी गरेर लिग खेल्ने टिम तयार पारेको थियो । लिग च्याम्पियन पनि भयो । लिगसहित मोफसलका नक आउट प्रतियोगिता जित्दै राष्ट्रिय लिगको पनि ट्रफी उचाल्ने सपना बोकेको मच्छिन्द्र अहिले तनावमा छ । लिगमा लागेको खर्च उठाउन मोफसल प्रतियोगिता खेल्ने सोच बनाएको मच्छिन्द्रका लागि कोरोना भाइरस तगारो बनेको छ ।

नेपाली फुटबलको सिजन अधिकतम ६ महिनाको हुने गर्छ । एक सिजनका लागि प्रायोजक खोज्न क्लबहरुले निकै मेहनत गर्नुपर्छ । प्रायोजकले दिने रकम त्यति ठूलो हुँदैन । तर त्यही रकममा क्लबहरुले आफ्ना गतिविधि सञ्चालन गर्छन् । अखिल नेपाल फुटबल संघबाट तयारीवापत २० लाख क्लबहरुले पाउँछन् । क्लबको आफ्नो आयस्रोत छैन । प्रायोजन गरिरहेका ठूला कम्पनीहरु पनि महामारीको चपेटामा पर्दा त्यसको असर क्लबहरुले बेहोर्नुपरेको छ ।

क्लब आर्थिक रुपमा कमजोर हुँदा त्यसको सिधा असर खेलाडीलाई पर्छ । कोरोना संक्रमण दर बढिरहेको छ । जसका कारण सरकारले खेल गतिविधि त के, अभ्यासमा पनि निषेध गरेको छ । पुरानो सिजनलाई सकेर नयाँ सिजनको थालनी गर्ने योजना बनाएको एन्फा अहिले हात बाँधेर बस्नुको विकल्प नरहेको बताउँछ ।

अरु देशमा क्लबहरुलाई कसरी सामान्य अवस्थामा ल्याउन सकिन्छ भनेर निरन्तर बहस भइरहेका छन् । तर नेपालमाअहिलेसम्म कुनै देखिने योजना बनाएको पाइँदैन । व्यावसायिकतातर्फ अघि बढ्न संघर्ष गरिरहेको नेपाली फुटबललाई महामारीले अझै पछाडि पो धकेल्ने हो कि भन्ने चिन्ता थपिएको छ ।

यस्तैमा ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीले विदेशी खेलाडी एरनेस्ट टाम्पीलाई अनुबन्ध गरेपनि जुन प्रतियाेगिता हुने संभावना थियाे त्याे अनिश्चित बनेपछि क्लवलाइ केहि चुनाैती थपिएकाे छ ।

२ महिना अगाडी संकटाबाट लिग खेलेका टाम्पीसँग मनाङले नेशनल लिगका लागि सम्झाैता गरेकाे थियाे । तर, कोरोना महामारीका कारण नेसनल लिग हुने नहुने टुंगो छैन । जसका कारण एडभान्स दिइसकेकाे मनाङ अहिले अाएर खेलाडीलाइ राख्ने की घर फर्काउनेमा अन्यालमा छ।

यतिबेला क्लबलाई खेलाडी पाल्न निकै गाह्रो भएकाे  र महामारीको बेला पनि एड्भान्स पैसा दिएर खेलाडी अनुबन्ध गर्दा अहिले चुनाैती थपिएकाे क्लवका पदाधिकारीले बताए । लिगका बेला अनुबन्ध गरेका बिदेशी खेलाडीलाई भने मनाङले स्वदेश फिर्ता गरिसकेको छ । प्रतियोगिता भएको खण्डमा नेपाल फर्किने सम्झौतासहित अन्य खेलाडी स्वादेश फर्किएको महासचिव अनिल गुरुङले बताए ।

काेराेनाका कारण लकडाउन हुँदा अार्थिक रूपमा समस्या भएकाे भन्दै क्लवकाे सम्झाैता भएकाे खेलाडीकाे तलव २ महिना नदिने बताएकाे थियाे । अहिलेपनि क्लवले खेलाडीलाई समेत पारिश्रमिक दिन कठिन भएको बताएकाे छ ।

कोरोनाका कारण नेपाली फुटबल अनिश्चित बनेपछि नेपालमा खेल्न आएका विदेशी खेलाडी अड्किएका थिए । उनीहरुले खेल्न नपाउँदा आम्दानी थिएन भने क्लवसँगको सम्झौता पनि थिएन । जसका कारण कहिले एन्फा त कहिले क्लवको राहतका कारण उनीहरु बसिरहेका थिए ।

तर अब क्लवले रिलिज गरेका खेलाडीलाई क्लवले घर फर्काउन थालेको छ । जसमा मच्छिन्द्रले तीन जना, मनाङले तीन जना, थ्रीस्टारले पनि आफ्ना खेलाडी स्वदेश फर्काउने भएको छ ।

 

Post Add 1025X115
Loading...