नेपाली महिला र पुरूष फुटबलरले कहिले समान सुविधा पाउलान ?

0

विश्व फुटबलमा पछिल्लो पटक धमाधम एकपछि अर्को फुटबल संघले महिला र पुरुष खेलाडीमा समान ब्यवहार गर्ने र समान सेवा सुविधा दिने भन्दै निर्णय गरिरहेका छन । जसमा पछिल्लो दुई सातामा ब्राजिल र इंग्ल्याण्डले महिला र पुरुष खेलाडीमा कुनै भेदभाव नगर्ने बताएका छन ।

उनीहरुले यो बर्षको सुरुवातबाट नै त्यो नियम लागुहुने भनेका छन । यस्तै मा नेपाली फुटबलमा यो प्रक्रिया कहिले सुरु होला भन्ने कौतुहल महिला खेलाडीमा देखिएको छ ।

नेपालमा पनि महिला र पुरुष खेलाडीमा पुरस्कार देखि सुवा सुविधामा ठुलो विभेद नै छ । यो बिषयमा खेलाडीले पनि बारम्बार आवाज पनि उठाएका छन । तर सुनुवाई हुन सकेको छैन । नेपालमा मात्र होइन दक्षिण एशियाली देशमा नै यो प्रचलन निकै बढेको छ ।

पछिल्लो पटक अरु देशले सेवा सुविधा बराबर गरेको समाचार बाहिर आएपछि खेलाडीले फेरी यसलाई चासेका रुपमा लिएका छन । हुनत महिला फुटबलको विकाश गर्न र खेलाडीको सेवा सुविधाका लागि भनेर एन्फामा नै दुई वटा समिती छन । तर दुबै समिती देखाउने दाँत जस्तै मात्र छन । उनीहरुले एन्फाले जे जे भन्यो, त्यहिमात्र गर्ने गरेका छन ।

पछिल्लो पटक महिला फुटबलको कार्यक्रम ब्यवस्थापन लगायतको जिम्मा पूर्व कप्तान हरी खड्कालाई दिइएको छ ।

महिला टिमका पूर्व प्रशिक्षक समेत रहेका खड्काबाट खेलाडीले यो विषयमा ठुलो अपेक्षा पनि गरेका छन । यस्तैमा नेपाली टिमकी कप्तान निरु थापाले प्रशिक्षकको माध्यमबाट महिला खेलाडी र पुरुषको तलव बराबर हुनका लागि बारम्बार बताएको बताइन ।

तर एन्फाको नेतृत्व भने तत्काल यो प्रक्रिया गर्नका लागि उचित समय नभएको बताउँदै आएको छ । एन्फामा महिला र पुरुषको तलव देखि सबै सुविधाका लागि समान गर्नुपर्ने कुरा बारम्बार उठेपनि त्यो ठोस निर्णय हुन सकेको छैन । अहिलेको अवस्थामा त्यो निर्णय गर्न कठिन रहेको र यसका लागि त्यहि अनुसारको स्रोत साधन हुनुपर्ने एन्फाको भनाई छ ।

एन्फाले पुरुष खेलाडीलाई मासिक १५ हजार र महिलालाई मात्र सात हजार रुपैयाँ दिदैँ आएको छ । एकातिर खेलाडी समान सुविधाका लागि कुरा गर्ने अर्को तिर एन्फा तत्काल संभव नभएको बताउँदा खेलाडीको चाहना पुरा हुन केहि बर्ष नै कुुर्नुपर्ने देखिन्छ ।

समान सुविधाको हकमा नेपाल क्रिकेट संघमा पनि फरकपन छ । उनीहरुले पुरुष खेलाडीको तुलनामा महिला खेलाडीमा झण्डै आँधा सुविधा पाउछन ।

उनीहरुसँग क्यानले अहिलेसम्म मासिक तलवको ब्यवस्था गरेको छैन । चाँडै केन्द्रिय सम्झौता गर्ने बताएपनि क्यानले त्यसमा महिला खेलाडीको तलव पुरुषको भन्दा कम नै राख्ने योजना बनाएको छ । यतिमात्र होइन, उनीहरुले प्रशिक्षणका बेला पाउने भत्तापनि पुरुषको भन्दा निकै कम रहेको छ ।

 

 

 

Post Add 1025X115
Loading...