टोकियो ओलम्पिकका डाइरेक्टर कोजीद्वारा राजिनामा

0

टोकियो ओलम्पिकका डाइरेक्टर कोजी मुरोफुसीले पदबाट राजिनामा दिएका छन ।

कोरोना भाइरसका कारण प्रतियोगिता आउन १० महिना बाँकी रहेका बेला कोजीले पद छोडेर जापान स्पोर्टस एजेन्सिमा गएका छन ।

ह्यामर थ्रोका पूर्व ओलम्पिक स्वर्ण पदक विजेता कोजी टोकियो ओलम्पिक आयोजक कमिटीका मुख्य ब्यक्ति मध्ये एक थिए । उनी यो कमिटीमा सन्् २०१४ देखि आबद्द थिए ।

उनकै सल्लाहमा प्रतियोगिताको तालिका डिजाइन भएको थियो । अब उनी जापान स्पोर्टस एजेन्सीको कमिस्नरका रुपमा काम गर्ने भएका छन । उनले अब ओलम्पिकलाई देशभर फैलाउने काम गर्ने बताइएको छ ।

टोकियो ओलम्पिक आयोजकले कोजी स्पोर्टस एजेन्सिमा गएको र उनले टोकियो ओलम्पिकको सफलतामा राम्रो भूमीका खेल्ने बताएको छ ।

 

Post Add 1025X115
Loading...