युराेपियन क्लव फुटबलमा बढि खर्च गर्ने र कमाउने टिम काे काे ?

0

यो सिजनमा खेलाडी विक्रि गरेर धेरै रकम कमाउने क्लवमा रियाल मड्रिड रहेको छ भने खेलाडी अनुबन्ध गर्नका लागि धेरै खर्च गर्ने युरोपियन क्लव बनेको छ ।

रियालले यो सिजनमा एउटापनि खेलाडी अनुबन्ध गरेको छैन । तर उसले हामेस रोद्रिगेज, हाकीमी, ओस्कार रोद्रिगुइज र जाभि सान्चेजलाई विक्रि गरेको छ ।

ट्रान्समार्केटका अनुसार रियालले अहिलेसम्म एक सय मिलियन युरो खेलाडी विक्रिबाट आम्दानी गरिसकेको छ । जसमा उसको लक्ष्य १५० मिलियन आम्दानी गर्ने रहेको छ ।

यता बार्सिलोनाले पनि एक सय मिलियन यूरो खेलाडी विक्रिबाट कमाएको छ । जसमा उसले अरथर मेलो, काल्र्स पेरेज, मार्क कुकुरेला र इभान राकिटिचलाई विक्रि गरेको छ ।

यस्तै बार्सिलोनाले अहिलेसम्म एक सय तीन मिलियन यूरो खर्च गरिसकेको छ । युरोपियन क्लवमा धेरै रकम खर्च गर्ने बार्सिलोना चेल्सीपछि दोस्रो क्लव हो । चेल्सीले अहिलेसम्म २२३ मिलियन युरो खर्च गरेको छ ।

यूरोपमा नापोलीले ४९ मिलियन युरो र बायर लिभरकुसेनले ६७ मिलियन कमाएको छ ।

 

Post Add 1025X115
Loading...