नेपाल ओलम्पिक कमिटीद्वारा खेलाडी, प्रशिक्षकसहित सबै सदस्य र कर्मचारीकाे काेराेना बीमा

0

नेपाल ओलम्पिक कमिटीले ओलम्पियन, युथ ओलम्पियन, २०२० मा वाइल्ड कार्ड मार्फता टोकियो ओलम्पिकको तयारीमा रहेका खेलाडी गरेर कुल ८९ जनाको कोरोना बीमा गरेको छ ।

यसका साथै कमिटीले आफ्ना कर्मचारी, एनओसी कमिसनका प्रमुख, सल्लाहकार, पूर्व अध्यक्ष र साधारण सभाका सबै सदस्यको पनि बिमा गरेको छ । एनओसीले सबैको १ लाख बराबरको कोरोना बिमा गरेको हो । एभरेस्ट इन्सुरेन्स कम्पनीबाट उनीहरुको बिमा गरिएको हाे ।

पछिल्लो पटक ओलम्पिक कमिटीका पदाधिकारी र कर्मचारीमा नै कोरोना देखिएको थियो । उनीहरु लामो समय आइसोलेसनमा बसेर रिपोर्ट नेगेटिभ आएपछि घर फर्किसकेका छन ।

कमिटीले आफ्नो मातहतमा रहेका खेलाडी, ओलम्पियन, प्रशिक्षक सबैको कोरोना गरेको छ ।

नेपालमा कोरोनाको महामारी बढ्दो रुपमा छ । काठमाडौं उपत्यकामा मात्र १० हजार भन्दा बढिमा कोरोना देखिएको छ ।

 

Post Add 1025X115
Loading...