प्रशिक्षक एलेक्स फर्गुसन र राेनाल्डाेकाे ६०० डलरकाे त्याे बाजि !

फर्डिनान्डसँग टेबल टेनिसमा हार्दा बाेर्ड किनेर २ सातापछि बदला लिएका राेनाल्डाे

0

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पहिलो पटक सन् २००३ मा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध हुँदा थोरैमात्र अंग्रेजी बोल्न जान्ने उनले भनेका थिए, जीवन एक च्यालेञ्ज हो, म पनि च्यालेञ्जर ब्यक्ति हो ।

यो भनाईमा सन् २००६ मा म्यान यू का त्यो बेलाका प्रशिक्षक एलेक्स फर्गुसनले रोनाल्डोलाई च्यालेञ्ज दिए । त्यो थियो, उनले त्यो सिजनमा १५ गोल गर्नुपर्ने र त्यसको सट्टा फर्गुसनले उनलाई ६०० डलर आफ्नो तर्फबाट पुरस्कार दिने ।

उनले त्यो च्यालेञ्जलाई सहजै स्विकारे । सर एलेक्स फर्गुसनले रोनाल्डोसँगको त्यो च्यालेञ्जलाई भने फरक तरिकाले लिएका थिए । उनी चाहन्थे, रोनाल्डोबाट क्लवका लागि धेरै भन्दा धेरै गोल आओस । फर्गुसन जहिलेपनि रोनाल्डोलाई प्रेरित नै गरिरहन्थे ।

यस्तैमा उनले रोनाल्डोलाई सन् २००६ को प्रिमियर लिग सिजनमा ब्यक्तिगत १५ गोल गर्न च्यालेञ्ज गरे । त्यसका सट्टामा ६०० डलर दिने बाजी थापे । यो कुरालाई उनले निकै गम्भिर रुपमा लिएका थिए । किनकी उनले आफ्नो प्रशिक्षकलाई हराउने चाहेका थिए । उनले त्यो बेला मिक्स जोन (खेलाडी प्रवेश गर्ने ठाँउ) मा भनेका थिए, म प्रशिक्षकको च्यालेञ्जलाई स्विकार्छु र हराउँछु पनि ।

त्यसमा रोनाल्डो खरो रुपमा उत्रिएको फर्गुसनले देखे । उनी आफु बाजी हार्दैछु भनेर आंशका लागेपछि आफ्नो बेटलाई केहि कठिन बनाउन सोचे । उनले त्यसमा रोनाल्डोले पेनाल्टीबाट गरेको गोल त्यसमा नगनिने बताए ।

रोनाल्डो र फर्गुसनको यो कुरा मिडियाकर्मीले पनि समाचार बनाएका थिए । जितको भोकका कारण रोनाल्डोलाई फर्गुसनले दिएको त्यो च्यालेञ्ज पुरा गर्न त्यति कठिन भएन । चाहे त्यो पेनाल्टीमा गरेको गोल नै काउन्ट नगर्दा किन नहोस । फर्गुसनले आफु बाजीमा हार्ने पक्का भएको ठानेपछि उनले भने, रोनाल्डोमा जित्ने भोक कस्तो रहेछ भन्ने बल्ल बुझेको बताए ।

लिगको सुरुवातमा केहि कियरलेस जस्तो लागेको थियो, तर उनले त्यसलाई आफ्नो हतियार बनाएको धारणा राखेका थिए । रोनाल्डोले त्यो त्यो बेला १७ गोल गरेर फर्गुसनको च्यालेञ्जलाई पछि पारेका थिए ।

उनको गोलको क्रम यतिमा रोकिएन । उनले त्यो सिजनमा कुल ३९ गोल गरेका थिए । रोनाल्डो फुटबलमा मात्र होइन कुनैपनि खेलमा हार्न चाहदैनन् । एक समय रोनाल्डोलाई टेबल टेनिसमा रियो फर्डिनान्डले हराएका थिए । म्यानचेस्टर युनाइटेडका खेलाडीको अगाडी भएको खेलमा रोनाल्डो फर्डिनान्डसँग हारे ।

उनलाई त्यो हार निकै अशह्य भयो । किनकी त्यहाँ उपस्थित अरु खेलाडीले रोनाल्डोलो जिस्क्याएका थिए । जसका कारण उनले आफ्ना भाईलाई घरमा टेबल टेनिस कोर्ट नै किनेर ल्याउन भने । जसमा उनले दुई सातासम्म निरन्तर प्रशिक्षण गरेका थिए । दुई सातापछि रोनाल्डोले फेरी फर्डिनान्डसँग खेल्दा सबैको अगाडी पराजित गरेर बदला लिए ।

रोनाल्डो यस्तो फुटबलर हुन, जसले आफ्ना लागि उचित पोषणा खानका लागि न्युट्रिसियोनिस्टलाई नियुक्त गरेका थिए । यतिमात्र होइन, उनको छुट्टै खाना पकाउने भान्छे पनि छ भने ब्यक्तिगत फिजियो पनि रहेको छ । जो सधै उनको साथमा हुन्छन ।

इंग्ल्याण्डका पुर्व खेलाडी तथा म्यानचेस्टर युनाइटेडबाट रोनाल्डोसँग खेलेका फर्डिनान्डले एक समय भनेका थिए, रोनाल्डोको जस्तो प्यासन सायदै कुनै खेलाडीमा हुन्छ, त्यसैले पनि उनी विश्वका उत्कृष्ट फुटबलमा पर्छन । त्यहि भएर उनले पाँच पटक बलुन डी योरको अवार्ड जितेका छन । यतिमात्र होइन, सम्पत्तीका हिसावले पनि उनी पहिलो बिलेनियर फुटबलर बनेका छन ।

Post Add 1025X115
Loading...