एकै टीमबाट खेल्दापनि मैदानमा नै ‘फाइट’ गर्ने ५ जाेडी खेलाडी

0

रिसले सधै आफैलाई नै हानीगर्छ, यो सर्वव्यापीमान्यताहो । क्षणिकआवेगलाई नियन्त्रणमा राख्ननसक्दा खराव नजिता भोग्नुुपर्छ । तर पछि तिनै खेलाडी त्यो क्षणलाई सम्झिता पश्चाताप पनि गर्ने गर्छन ।

विशेष गरि फुटबलमा खेलाडी खेलाडीबिच निकै घम्साघम्सी भएको हामीले धेरै देखेका छौ । त्यसमा प्राय विपक्षी टिमको खेलाडीसँग भनाभन हुने र हात हालहालको अवस्था पनि आएको देखिन्छ । तर आज हामी एउटै टिमबाट खेल्ने खेलाडीले गरेको झगडाका बारेमा चर्चा गर्नेछौ । त्यसमा एकै टिमबाट खेल्दा पनि मैदानमा झगडा गरेका पाँच जोडी खेलाडीको विषयमा कुरा गर्देछौ । को को हुन त ती खेलाडीः

१. रविन भर्सेस मुलर

बुन्डेस लिगा टिम बार्यन म्युनिखका यी दुई खेलाडीले खेलका बेला नै मैदानमा झगडा गरेका थिए । प्रशिक्षणका बेला आर्यन रोबेनले थोमस मुलरलाई बहिस्कार गरेर पास नदिएको झोकमा निकै रिसाएका थिए । जुन रिस उनले अरु खेलाडीलाई पनि भनेका थिए ।

आफ्नो बारेमा अरु खेलाडीसँग नानाथरी बोलेको थाहा पाएपनि उनले त्यहि बेला मैदानमा हिर्काएका थिए । रोबेनले मुलरको टाउकोमा हिर्काएका थिए । कुरा सन् २०११ को हो । तर पछि पत्रकार सम्मेलनमा त्यो बेला बार्यनका प्रशिक्षक भान गालले उनीहरुको त्यो रिस खेल सकिएपछि सकिएको बताएका थिए ।

२. पुडोलोस्की भर्सेस योहान बालाक

जर्मनीको राष्ट्रिय टिमका यी दुई खेलाडीविच पनि खेलका बेला नै झगडा भएको थियो । त्यो बेला टिमका कप्तान बालाक थिए । सन् २००९ मा वेल्सविरुद्धको खेलका बेला आफ्नो पोजिनस भन्दा बाहिर रहेको भन्दै बालाकले पुडोलोस्कीलाई हिर्काएका थिए ।

तर जवाफमा उनले बालाकलाई पनि हिर्काएका थिए । त्यहि बेला अर्को खेलाडी आएर उनीहरुलाई छुट्याएको थियो । त्यसको तीन मिनेटपछि दुबै खेलाडीले एक अर्कालाई हेराहेर गरेर सबै रिस जलाएका थिए ।

३. एडाबायर भर्सेस भेट्नर

जेनेवरी २२, २००८ आर्सनलले लिग कपको सेमिफाइनलमा टोटनह्यामसँग पाँच एकको लज्जास्पद हार ब्यहोरेपछि एडाबायर र भेट्नरविच मैदानमा नै झगडा सुरु भएको थियो । त्यो बेला बेटनरले आत्मघाति गोल गरेका थिए । त्यसपछि एडाबायरले उनको खिल्ली उडाएका थिए ।

जवाफमा बेट्नरले मिडिल फिंगर देखाएका थिए । त्यसपछि एडाबायरले बेट्नरलाई टाउकोले हिर्काएका थिए । मैदानमा उनीहरुको ब्यवहारको अनुसन्धानपनि भएको थियो । तर आर्सनलले त्यो बेला हारेको नतिजा नै कुनै सजाए भन्दा कम नभएको भन्दै दुबैलाई कारवाहि भएन ।

४.लोरिस भर्सेस सन

जुलाई २०२० मा प्रिमियर लिगको खेलमा सन र लोरिसविच कुनै हातपात, वा भनाभन नभएपछि बैचारिक रुपमा झगडा भएको थियो । त्यो बेला खेलेको हाफ टाईम भन्दा ठिक अगाडी लोरिसले खराब डिफेन्डस गरेको भन्दै पहेलो कार्ड पाएका थिए । त्यसमा सनले कडा प्रतिक्रिया दिएका थिए ।

जसमा उनीहरुविच राम्रै भनाभन भएको थियो । उनीहरुको त्यो माहोललाई साम्य पार्नका लागि अरु खेलाडी नै आएका थिए । प्रशिक्षक जोजे मोउरिन्होले पत्रकार सम्मेलन उनीहरुविच जे भयो, त्यो नहुनुपर्ने थियो । भएपनि मैदानमा नभएर लकर रुपमा हुनुपर्ने धारणा राखेका थिए ।

५.रोविन भर्सेस रिबेरी

सन् २०१२ को अप्रिलमा बार्यनबाट खेलिरहेका रोवेन र रिबेरी मैदानमा नै झगडामा उत्रिएका थिए । रियाल मड्रिड विरुद्ध च्याम्पियन्स लिगको खेलमा यी दुई खेलाडीविच फ्रिकिकका लागि झगडा सुरु भएको थियो । क्लवका दुई स्टार खेलाडी रिबेरी र रोवेनले आफुले फ्रिकिक हान्नुपर्ने भन्दै दावी गरेका थिए ।

त्यो अवस्थामा रिसले आगो भएका रिबेरीले रोवेनको छातीमा टाउकोले हिर्काएका थिए । जसका कारण अरु खेलाडीले पनि उनीहरुलाई तान्नुपरेको थियो । तर उनीहरुको त्यो झगडा लकर रुममा गएर टुंगिएको थियो । त्यसपछि उनीहरुको सम्बन्ध निकै सुमधुर बनेको थियो ।

Post Add 1025X115
Loading...